युएई बिरुद्दको किर्तिमानी जीत सँगै कप्तान रोहित पौडेलले बनाए ठूलो विश्वकिर्तिमान

काठमाडौं ।

संयुक्त अरब इमिरेट्स ‘युएई’ लाई निर्णायक खेलमा ६ विकेटले पराजित गर्दै नेपालले तीन एकदिवसीय क्रिकेट शृंखलामा जितेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा प्राप्त जितसँगै नेपालले घरेलु मैदानमा शृंखला २–१ ले जितेको हो ।

अन्तिम खेलमा नेपालले जित निकाल्दा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र आसिफ शेख नायक रहे । एक सय ७७ रनको लक्ष्य पछ्याएको नेपालले ४०‍(१ ओभरमा ४ विकेट गुमाउँदै निर्धारित दूरी पार गरेको थियो ।

नेपालको जितमा दुई खेलाडीले अर्धसतक बनाए । आसिफ शेखले सर्वाधिक ८८ रन बनाएका थिए । आसिफले ११९ बलमा दश चौका प्रहार गरेका थिए । यसैगरी पूर्वकप्तान ज्ञानेन्द्रले ७३ बलमा सात चौका र तीन छक्का सहति ६४ रन बनाएर पेभिलियन फर्किए ।

ज्ञानेन्द्र आयन अफजल खानबाट एलबिडब्लु परेका थिए । दोस्रो विकेटले दोस्रो विकेटको लागि एक सय २२ रनको बलियो साझेदारी गरेका थिए । दोस्रो विकेटको लागि नेपालले गरेको यो उच्च साझेदारी हो ।

यसअघि ओपनर अर्जुनले ३३ बलमा ९ रनमात्रै बनाएका थिए । कप्तान रोहितकुमार पौडेल ले १० रनको योगदान गरे । युएईका बलर आयन र हाज्रात बिलालले समान एक विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७६ रनको योगफल खडा गरेको थियो । ९३–९ को स्थितिमा रहेको युएईको इनिङ आयान अफ्जल खान र हर्जत बिलालले उकासेका थिए । दुबैले अन्तिम विकेटका लागि अविजित ८३ रनको साझेदारी गरेपछि युइए सम्मानजनक स्कोरमा पुगेको थियो ।

नेपालका कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान दुई विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीले समान एक विकेट लिएका थिए।

यो सिरिजमा जीत हात पारे सँगै नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेलले नयाँ विश्व किर्तिमान बनाएका छन्। रोहित कुमार पौडेल (२० वर्ष, ७७ दिन) आधिकारिक रूपमा द्विपक्षीय एकदिवसीय शृंखला जित्ने विश्वको सबैभन्दा कान्छो कप्तान बनेका छन्।

यस सअघि पहिलो खेल युएईले ८४ रनले जितेको थियो । दोस्रो खेलमा तीन विकेटको जित निकाल्दै नेपाल बराबर गर्न सफल भएको थियो । अब, नेपाल डिसेम्बरमा स्कटल्यान्ड, नामिबिया सम्मिलिन आईसिसी विश्वकप लिग टु खेल्न नामिबिया पुग्नेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

यूएईविरुद्धको किर्तिमानी जितपछि कप्तान रोहितले दिए रोचक प्रतिक्रिया

Fri Nov 18 , 2022
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले आफ्नो नेतृत्वमा पहिलो शृंखला जित्दा धेरै खुशी लागेको प्रतिक्रिया दिएका छन्। यूएईविरुद्ध शुक्रबार सम्पन्न तीन खेलको शृंखला नेपालले २-१ को नतिजामा आफ्नो पक्षमा पार्यो। निवर्तमान कप्तान सन्दीप लामिछाने बलात्कारको मुद्दामा पक्राउ परेपछि रोहितले कप्तानको जिम्मेवारी पाएका हुन्। आफ्नो कप्तानीमा पहिलो शृंखलामै उनले […]

You May Like

error: