युएईको लगातार विकेट पतन, कुशललाई आफ्नो पहिलो ओभरमा नै महत्वपूर्ण विकेट

काठमाण्डौ।

नेपाल र युएईबीचको ओडिआई सिरिज अन्र्तगत को तेस्रो तथा अन्तिम खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ। त्रिवि मैदान कीर्तिपुरमा नेपालले टस जितेर युएईलाई ब्याटिङको निम्ता दिएको नेपालले उत्कृष्ट बलिङ गरेको छ ।नेपालले पहिलो २६ ओभर बलिंग गर्दा ८७ रन दिएर ५ विकेट हात पारेको छ ।

नेपालका लागि पाँचौं सफलता कुशल भुर्तेलले दिलाएका छन्।उनले आफ्नो ओभरको तेस्रो बलमा विकेट लिएका हुन्।नेपालका लागि दिपेन्द्र सिंह ऐरीले चौथो विकेट हात पारेका छन्।उनको आजको पहिलो विकेट हो।उनले आफ्नो पाँचौं ओभरको दोस्रो बलमा रोहन मुस्ताङको विकेट लिएका छन्।नेपालको लागि सोम्पाल कामिले १ विकेट र गुलसन झाले २ विकेट लिन सफल भएका छन् ।

यसअघि भएका दुई खेलमा दुबै टोलीले एक एक खेल जितेका छन् ।आज पहिले ब्याटिंग गरेको युएईले ब्याटिंग मा सुस्त प्रदर्शन गरेको छ।

गुलसन झाले १.२ ओभरमा पहिलो विकेट र ३.१ ओभरमा दोश्रो विकेट लिए भने सोम्पाल कामीले २.५ ओभरमा आफ्नो पहिलो विकेट लिएर पहिलो ३ ओभरमै युएईको ३ विकेट झारेका छन् ।

आजको खेल जित्ने टोलीले सिरजमाथि कब्जा जमाउने भएकाले यो खेललाई निर्णायक मानिएको छ ।यसअघि कात्तिक २८ गते भएको दोस्रो खेलमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको थियो ।

कात्तिक २६ गते भएको पहिलो खेलमा भने नेपाल ८४ रनले पराजित भएको थियो।आजको अन्तिम खेल जित्दै सिरिज हात पार्ने दुबै टोलीको लक्ष्य रहेको छ । तीन खेलको सिरिज १–१ को बराबरी अवस्थामा छ । नेपाल पहिलो खेलमा ८४ रनले पराजित हुँदा दोस्रो खेलमा ३ विकेटले विजयी भएको थियो ।

दुबै खेलमा नेपालको ब्याटिङ अपेक्षा अनुसार राम्रो हुन सकेको छैन । नेपाल अन्तिम खेलमा सानदार ब्याटिङका साथ सिरिज उपाधि जित्न चाहन्छ । दोस्रो खेलमा १ सय ९२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेपालले १०६–६ अवस्थाबाट पूरा गरेको थियो ।

उक्त खेलमा आरिफ शेखले ३३ र गुलशन झाले ३७ रन बनाउँदै नेपालको हार टारेका थिए । नेपालका शीर्षक्रमका ब्याटरले उत्कृष्ट सुरुवात र जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल (कप्तान), आरिफ शेख, हरिशंकर शाह, सोमपाल कामी, गुलशन झा र ललित राजवंशी ।

सम्बाददाता

Leave a Reply

Next Post

युएई बिरुद्दको किर्तिमानी जीत सँगै कप्तान रोहित पौडेलले बनाए ठूलो विश्वकिर्तिमान

Fri Nov 18 , 2022
काठमाडौं । संयुक्त अरब इमिरेट्स ‘युएई’ लाई निर्णायक खेलमा ६ विकेटले पराजित गर्दै नेपालले तीन एकदिवसीय क्रिकेट शृंखलामा जितेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा प्राप्त जितसँगै नेपालले घरेलु मैदानमा शृंखला २–१ ले जितेको हो । अन्तिम खेलमा नेपालले जित निकाल्दा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र आसिफ शेख नायक रहे […]

You May Like

error: