आज नेपालको उत्कृष्ट बलिङ, दिपेन्द्र सिंह ऐरीले लिए रोहनको विकेट

काठमाण्डौ।

नेपाल र युएईबीचको ओडिआई सिरिज अन्र्तगत को तेस्रो तथा अन्तिम खेल आज हुदैंछ । त्रिवि मैदान कीर्तिपुरमा नेपालले टस जितेर युएईलाई ब्याटिङको निम्ता दिएको छ । यसअघि भएका दुई खेलमा दुबै टोलीले एक एक खेल जितेका छन् ।आज पहिले ब्याटिंग गरेको युएईले ब्याटिंग मा सुस्त प्रदर्शन गरेको छ।

नेपालले पहिलो २४ ओभर बलिंग गर्दा ८९ रन दिएर ४ विकेट हात पारेको छ ।नेपालका लागि दिपेन्द्र सिंह ऐरीले चौथो विकेट हात पारेका छन्।उनको आजको पहिलो विकेट हो।उनले आफ्नो पाँचौं ओभरको दोस्रो बलमा रोहन मुस्ताङको विकेट लिएका छन्।नेपालको लागि सोम्पाल कामिले १ विकेट र गुलसन झाले २ विकेट लिन सफल भएका छन् ।

गुलसन झाले १.२ ओभरमा पहिलो विकेट र ३.१ ओभरमा दोश्रो विकेट लिए भने सोम्पाल कामीले २.५ ओभरमा आफ्नो पहिलो विकेट लिएर पहिलो ३ ओभरमै युएईको ३ विकेट झारेका छन् ।

आजको खेल जित्ने टोलीले सिरजमाथि कब्जा जमाउने भएकाले यो खेललाई निर्णायक मानिएको छ ।यसअघि कात्तिक २८ गते भएको दोस्रो खेलमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको थियो ।

कात्तिक २६ गते भएको पहिलो खेलमा भने नेपाल ८४ रनले पराजित भएको थियो।आजको अन्तिम खेल जित्दै सिरिज हात पार्ने दुबै टोलीको लक्ष्य रहेको छ । तीन खेलको सिरिज १–१ को बराबरी अवस्थामा छ । नेपाल पहिलो खेलमा ८४ रनले पराजित हुँदा दोस्रो खेलमा ३ विकेटले विजयी भएको थियो ।

दुबै खेलमा नेपालको ब्याटिङ अपेक्षा अनुसार राम्रो हुन सकेको छैन । नेपाल अन्तिम खेलमा सानदार ब्याटिङका साथ सिरिज उपाधि जित्न चाहन्छ । दोस्रो खेलमा १ सय ९२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेपालले १०६–६ अवस्थाबाट पूरा गरेको थियो ।

उक्त खेलमा आरिफ शेखले ३३ र गुलशन झाले ३७ रन बनाउँदै नेपालको हार टारेका थिए । नेपालका शीर्षक्रमका ब्याटरले उत्कृष्ट सुरुवात र जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल (कप्तान), आरिफ शेख, हरिशंकर शाह, सोमपाल कामी, गुलशन झा र ललित राजवंशी ।

सम्बाददाता

Leave a Reply

Next Post

युएईको लगातार विकेट पतन, कुशललाई आफ्नो पहिलो ओभरमा नै महत्वपूर्ण विकेट

Fri Nov 18 , 2022
काठमाण्डौ। नेपाल र युएईबीचको ओडिआई सिरिज अन्र्तगत को तेस्रो तथा अन्तिम खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ। त्रिवि मैदान कीर्तिपुरमा नेपालले टस जितेर युएईलाई ब्याटिङको निम्ता दिएको नेपालले उत्कृष्ट बलिङ गरेको छ ।नेपालले पहिलो २६ ओभर बलिंग गर्दा ८७ रन दिएर ५ विकेट हात पारेको छ । नेपालका लागि पाँचौं […]

You May Like

error: