काठमाडौं ।
घरेलु टोली नेपालले तेस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज शुक्रबार पाहुना टोली युएईसँग प्रतिस्पर्धा गर्दैछ ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
नेपाल र युएईबीचको यस खेल सिरिजको निर्णायक खेलको रुपमा रहेको छ । किनकि तीन खेलको सिरिज १-१ को बराबरीमा रहेको छ ।सिरिजको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो । तर, दोस्रो खेलमा नेपालले ३ विकेटको जित हासिल गरेको थियो ।
यस्तोमा अन्तिम खेलमा दुबै टोली जित निकाल्दै सिरिज आफ्नो बनाउने योजनामा रहेका छन् । नेपाल आजको खेल जित्दै सिरिज २-१ ले जितेर ईतिहास कायम गर्न चाहन्छ । नेपालले यस सिरिज जितेमा घरेलु भुमिमा नेपालले पहिलो पटक दुई देशीय सिरिज जित्ने छ ।
पपुवा न्यू गिनीसँग नेपालले यसै वर्ष पहिलो एकदिवसीय सिरिज घरेलु भुमिमा खेलेको थियो । दुई खेलको उक्त सिरिज नेपालले २-० ले हारेको थियो ।यूएई पनि नेपाललाई घरेलु मैदानमा पराजित गरि सिरिज जित्न चाहान्छ । २०१९ मा नेपालले यूएईलाई उसकै घरेलु भुमिमा पराजित गरि तीन खेलको सिरिज २-१ ले जितेको थियो ।
नेपाल र युएईबीचको यस खेल नवौं खेल हो । हालसम्म खेलिएको ८ खेलमा युएईले ५ पटक जितेको छ । नेपालले तीन पटक आफ्नो बनाएको छ ।
भारतले आज न्यूजिल्याण्डसँग पहिलो टी–२० खेल खेल्दै,यस्तो छ सुरु हुने समय
भारत र न्यूजिल्याण्डबीचको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल आज वेलिंगटनमा हुँदैछ । दुई देशबीचको यो टी–२० अन्तर्राष्ट्रिय खेल नेपाली समय अनुसार दिउँसो १२:१५ बजेबाट हुनेछ ।
टीम इन्डियाका कप्तान हार्दिक पाण्ड्याले न्यूजिल्याण्डविरुद्धको पहिलो टी–२० खेलका लागि प्लेइङ इलेभेनमा धेरै ठूलो परिवर्तन गर्न सक्नेछन् ।