न्युजिल्याण्ड बिरुद्धको खेलमा टिम इन्डियाको लागि कमजोरी साबित हुनेछन् यी ३ खेलाडी

काठमाडौँ ।

भारत र न्यूजिल्याण्डबीच हुने ३ खेलको टी–२० सिरिजको पहिलो खेल १८ नोभेम्बरमा हुनेछ । यो सिरिजमा धेरै युवा खेलाडीलाई समावेश गरिएको छ ।

हार्दिक पाण्ड्याको कप्तानीमा टीम इन्डियाको नजर सिरिज जित्नेतर्फ लागेको छ तर टिमका ३ खेलाडी यस सिरिजमा कमजोर कडी साबित हुन सक्छन् । यी मध्ये एक खेलाडी २०२२ को टी–२० विश्वकपमा पूर्ण रुपमा फ्लप भएका थिए ।

यस सिरिजमा टीम इन्डियाका युवा फास्ट बलर उमरान मलिकलाई स्थान दिइएको छ । उमरान मलिक भारतका तीब्र गतिका बलर मध्ये एक हुन्, तर उनले टिम इन्डियामा अहिलेसम्म खासै उत्कृष्ट काम गर्न सकेका छैनन् ।

उमरान मलिकले टीम इन्डियाका लागि अहिलेसम्म ३ टी–२० खेल खेलेका छन्, जसमा उनले १२.४४ को इकोनोमीमा रन दिएका छन् भने २ विकेट मात्र लिएका छन् । यो सिरिजमा पनि उनले रन जोगाउन सकेनन् भने कप्तान पाण्ड्याका लागि उनी ठूलो टेन्सन साबित हुन सक्छन् ।

टी–२० विश्वकप २०२२ मा रविन्द्र जडेजाको स्थानमा खेलेका अक्षर पटेल पनि फर्ममा देखिँदैनन् । २०२२ को टी–२० विश्वकपमा उनी ब्याट र बल दुवैमा टीम इन्डियाको कमजोरी साबित भए ।

उनले यस प्रतियोगिताको ३ इनिङ्समा ९ रन मात्र बनाए र ३ विकेट मात्र लिन सके । अक्षर पटेललाई टोलीमा अलराउन्डरका रूपमा खुवाइएको थियो तर उनले यो अवसरको सदुपयोग गर्न सकेनन् ।

यस सिरिजमा टीम इन्डियाका अनुभवी फास्ट बलर भुवनेश्वर कुमार पनि टिममा छन् । भुवनेश्वर कुमार प्रारम्भिक ओभरमा विकेट लिनका लागि चिनिन्छन्, तर २०२२ को टी-२० विश्वकपमा उनले त्यसो गर्न सकेनन्।

यस प्रतियोगितामा भुवनेश्वर कुमारले ६ खेलमा ४ विकेट मात्र लिएका थिए । भुवनेश्वर कुमारको यो खराब प्रदर्शनले टोलीलाई यो शृङ्खलामा ठूलो मूल्य चुकाउन पर्न सक्छ।

सम्बाददाता

Leave a Reply

Next Post

हार्दिकको कप्तानीमा भोलि पहिलो टी-२० खेल्दै भारतिय टोलि, प्लेइङ-११ मा हुनेछन् ठुलो परिवर्तन

Thu Nov 17 , 2022
काठमाडौँ । भारत र न्यूजिल्याण्डबीचको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल भोलि वेलिंगटनमा हुँदैछ । दुई देशबीचको यो टी–२० अन्तर्राष्ट्रिय खेल नेपाली समय अनुसार दिउँसो १२:१५ बजेबाट हुनेछ । टीम इन्डियाका कप्तान हार्दिक पाण्ड्याले न्यूजिल्याण्डविरुद्धको पहिलो टी–२० खेलका लागि प्लेइङ इलेभेनमा धेरै ठूलो परिवर्तन गर्न सक्नेछन् । पाण्ड्याको कप्तानीमा भोलि न्युजिल्यान्डसँग पहिलो […]

You May Like

error: