गोल गरेपछिको आफ्नो अनौठो सेलिव्रेसन शैलीबारे यस्तो भन्छन अन्जन

काठमाडौं ।

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । नेपालका लागि ८३ औं मिनेटमा अञ्जन विष्टले विजयी गोल गरेका हुन् ।

यसअघि पहिलो हाफमा दुवै टिमले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेका थिएनन् । खेलमा पहिलो हाफमा दुवै टोलीले खासै राम्रो मुभ नै बनाउन सकेनन् ।

नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अञ्जन विष्टको गोल गरेपछि सेलिब्रेसन गर्ने आफ्नै शैली छ । उनी गोल गरेपछि आफ्नो दुई कान थुनेर शान्त पारामा आँखा बन्द गर्ने गर्छन् ।

सन् २०१९ मा राष्ट्रिय टिमकोे बन्द प्रशिक्षणमा रहेका बेला क्लब गएर टिमको नियम उल्लंघन गरेको भन्दै ४५ दिन प्रतिबन्धमा परेका थिए । त्यसपछि सहिद स्मारक ए डिभिजन लिगमा फर्केदेखि अञ्जनले यस्तो सेलिब्रेसन गर्न थालेका हुन् ।

अञ्जनको यो सेलिब्रेसनको अर्थ अरुले भनेको नराम्रो नसुन अगाडि बढ भन्ने रहेको उनले प्रष्ट पारे । वुधबार पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा निर्णायक गोल गर्दै नेपाललाई जित दिलाएका अञ्जनले खेलपछि बोल्दै आफ्नो सेलिब्रेसनको अर्थ प्रस्ट्याए ।

‘जीवन भनेको एक उतारचढावको यात्रा हो । आफू कहिलेकाहीँ कमजोर महसुस गरेको बेलामा साथ दिने कोही हुँदैन । अनि आफूलाई कमजोर समयमा अरुले गरेको नराम्रो कुरा नसुन त्यसलाई बेवास्ता गरेर अगाडि बढ । मेरो सेलिब्रेसनको अर्थ यही हो,’ उनले भने ।

गत महिना दशरथ रंगाशालामै सम्पन्न बंगलादेशविरुद्धको खेलमा खलमा ह्याट्रिक गरेका अञ्जन अहिले लयमा रहेका खेलाडी हुन् । नेपालका सर्वाधिक गोल कर्ता निराजन रायमाझिको र हरि खड्काको १३ गोलको रेकर्ड तोड्ने पदमा रहेका अञ्जनले पाकिस्तानविरुद्ध गोल गर्दै अन्तर्राष्ट्रिय गोल संख्या ११ पुर्याएका छन् ।

अञ्जनले आफू सर्वाधिक गोल कर्ता बन्छु भन्दा पनि टिमलाई जिताउन सत प्रतिशत दिने गरेको बताए । ‘म सबै भन्दा धेरै गोल गर्ने खेलाडीको रेकर्ड तोड्छु भन्ने सोचेर कहिले खेल्दिनँ । त्यो सोचे भने म स्वार्थी हुन्छु । टिमले जित्नु पर्यो त्यही मेरो लागि ठूलो कुरा हो गोल जसले गरे पनि हुन्छ,’, उनले भने ।

सम्बाददाता

Leave a Reply

Next Post

टी–२० खेलमा ओपनरको धमाकेदार शतक, छक्काको बर्षा गर्दै गरे खेलको रोमाञ्चक अन्त्य

Thu Nov 17 , 2022
काठमाडौँ । ओमानमा जारी डेजर्ट कप टि-२० सिरिज २०२२ को तेस्रो दिन क्यानडाले रोमाञ्चक खेलमा आयोजक ओमानलाई एक रनले पराजित गरेको छ भने बहराइनले साउदी अरेबियाको टोलीलाई ५३ रनले पराजित गरेको छ । शृङ्खलाको पहिलो तीन दिनपछि क्यानडा तीन खेलबाट तीन जितसहित अंक तालिकाको पहिलो स्थानमा छ भने बहराइनको टोली […]

You May Like

error: