विश्वकपअघि यूएईविरुद्ध अर्जेन्टिनाले गर्यो गोलको वर्षा

काठमाडौं ।

कतार विश्वकपअघि अभ्यासको लागि बुधबार भएको खेलमा अर्जेन्टिनाले यूएईमाथि ५–० गोल अन्तरको जित हात पारेको छ।हिजो भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउने क्रममा खेलको १७ औं मिनेटमा जुलियान अल्भारेजले गोल गरेका थिए भने २५ औं र ३६ औं मिनेटमा एन्जेल डि मारियाले गोल गरे।

खेलको ४४ औं मिनेटमा लियोनेल मेस्सीले गोल गर्दै टोलीलाई पहिलो हाफमा ४–० को अवस्थामा पुर्‍याएका थिए। जोआकिन कोरेआले खेलको ६० औं मिनेटमा गोल गर्दै अन्तर बढाए।

यससँगै अर्जेन्टिनाले पछिल्लो ३६ खेलमा अपराजित हुने कीर्तिमान कायम गरेको छ। सन् २०१९ मा ब्राजिलसँग १–० गोलले पराजित भएयता अर्जेन्टिना कुनै पनि टोलीसँग पराजित भएको छैन।

नोभेम्बर २२ मा हुने साउदी अरेबियाविरुद्धको खेलमा अर्जेन्टिना पराजित भएन भने लगातार सबैभन्दा धेरै खेलमा अपराजित हुने कीर्तिमान अर्जेन्टिनाले बराबरी गर्नेछ। यो कीर्तिमान अहिले इटालीको नाममा छ।

यता हिजो नेपालले पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । नेपालका लागि ८३ औं मिनेटमा अञ्जन विष्टले विजयी गोल गरेका हुन् ।अन्जन खेलको प्लेयर अफ द म्याच समेत चुनिए ।

यसअघि पहिलो हाफमा दुवै टिमले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेका थिएनन् । खेलमा पहिलो हाफमा दुवै टोलीले खासै राम्रो मुभ नै बनाउन सकेनन् ।

दशरथ रंगशालामा नेपालको यो ५० औं खेल हो । पाकिस्तान भने फिफाको निलम्बनका फुकूवापछि यही खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको हो । यस खेलमा नेपालको कप्तानी रोहित चन्दले गरेका छन् । यस्तै प्रशिक्षक प्रवेश कटुवालले पनि राष्ट्रिय टिममा प्रशिक्षकको रुपमा डेब्यु गरे ।

नेपाल र पाकिस्तानबिच अहिलेसम्म १६ वटा खेल भएको छ जसमा पाकिस्तानले ७ पटक नतिजा आफ्नो पक्षमा पारेको छ भने नेपालले चार खेल जितेको छ। बाँकी खेलहरु बराबरी नतिजामा टुङ्गिएको थियो ।

नेपालले पाकिस्तानसँग सन् २०१८ मा बंगलादेशको राजधानी ढाकामा भएको साफ च्याम्पियनसिपमा खेलेको थियो । उक्त खेलमा नेपाल २–१ गोल अन्तरले पराजित भएको थियो ।

सम्बाददाता

Leave a Reply

Next Post

गोल गरेपछिको आफ्नो अनौठो सेलिव्रेसन शैलीबारे यस्तो भन्छन अन्जन

Thu Nov 17 , 2022
काठमाडौं । पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । नेपालका लागि ८३ औं मिनेटमा अञ्जन विष्टले विजयी गोल गरेका हुन् । यसअघि पहिलो हाफमा दुवै टिमले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेका थिएनन् । […]

You May Like

error: