नेपालले गोल गर्ने राम्रो मौका गुमाउँदा पाकिस्तानबिरुद्ध पहिलो हाफमा बराबरीमा रोकियो

काठमाण्डौ।

नेपालले पाकिस्तानबिरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफका बराबरी खेलेको छ ।काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (बुधबार) जारी मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले पाकिस्तानसँग गोलरहित बराबरी खेलेको हो ।

खेलको पहिलो हाफमा नेपाल र पाकिस्तान दुवै पक्षबाट गोलका लागि केहि सुन्दर अवसरको सिर्जना भएको थियो ।तर उक्त अवसरलाई पहिलो हाफमा गोल गर्नबाट भने दुवै टोली असफल भए ।

नेपाल र पाकिस्तानबिच अहिलेसम्म १६ वटा खेल भएको छ जसमा पाकिस्तानले ७ पटक नतिजा आफ्नो पक्षमा पारेको छ भने नेपालले चार खेल जितेको छ। बाँकी खेलहरु बराबरी नतिजामा टुङ्गिएको थियो ।

नेपालले पाकिस्तानसँग सन् २०१८ मा बंगलादेशको राजधानी ढाकामा भएको साफ च्याम्पियनसिपमा खेलेको थियो । उक्त खेलमा नेपाल २–१ गोल अन्तरले पराजित भएको थियो ।

नेपालले घरेलु मैदान दशरथ रंगशालाम आफ्नो ५० औं अन्तर्राष्ट्रिय खेल समेत खेलिरहेको छ ।पाकिस्तान ३ वर्ष फिफाले लगाएको प्रतिबन्ध फुकुवा भएपछि पहिलोपटक अन्तराष्ट्रिय खेल खेल्न नेपाल आएको हो ।

यस खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले भिभिआईपीतर्फ पाँच हजार, भिआइपीतर्फ एक हजार र साधारण प्यारापीटतर्फ एक हजार टिकट दर राखेको छ ।

यस्तै टिकट खरिद गर्नेमध्येको गोलाप्रथाबाट छनौट हुने भाग्यशाली दर्शकलाई एन्फाले कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ अन्तर्गत ब्राजिल र क्यामरुनबिचको खेलको टिकट सित्तैमा उपलब्ध गराउने घोषणा गरेको छ ।

गोलरक्षक दीप कार्कीले पाकिस्तानविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पहिलो रोजाईमा मौका पाएका छन् ।प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानविरुद्व सुरुवाती ११ घाेषणा गर्दा दीपलाई पहिलो रोजाईमा मैदानमा उतारेका हुन् । डिफेन्समा कप्तान रोहित चन्, अनन्त तामाङ, दिनेश राजवंशी र सुजल श्रेष्ठ रहेका छन् ।

मिडफिल्डमा पुजन उपरकोटी, तेज तामाङ र सेसेहाङ आङ्देम्वे छन् । फरवार्ड अन्जन विष्ट, विमल घर्तीमगर र आयुष घलान रहेका छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

अन्जन विष्टको उत्कृष्ट गोलमा पाकिस्तान बिरुद्द नेपालको कीर्तिमानी जित

Wed Nov 16 , 2022
काठमाडौं । पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । नेपालका लागि ८३ औं मिनेटमा अञ्जन विष्टले विजयी गोल गरेका हुन् । यसअघि पहिलो हाफमा दुवै टिमले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेका थिएनन् । […]

You May Like

error: