युएईमाथि रोमाञ्चक जित पछि कप्तान रोहितले गरे आरिफ र गुल्शनको खुलेरै प्रशंसा

काठमाडौं।

यूएईविरुद्धको तीन खेलको एक दिवसीय शृंखला नेपालले बराबरी गरेको छ। पहिलो खेलमा ८२ रनले पराजित भएको नेपालले दोस्रो खेलमा यूएईलाई ३ विकेटले हराउँदै सिरिज १–१ को बराबरीमा ल्याएको हो।

यूएईले दिएको १९२ रनको लक्ष्य नेपालले ओभरमा ७ विकेट गुमाउँदै भेटटायो। सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो। एक समय हार नजिक पुगेको नेपाल सातौँ विकेटका लागि गुल्सन झा र आरिफ शेखले ६२ रनको साझेदारी गर्दै नेपाललाई जित उन्मुख गराएका थिए। आरिफ शेख ३३ र सोमपाल कामी १६ रनमा नटआउट रहे।

गुल्सन ३७ रनमा क्याच आउट भए। कुशल भुर्तेलले ३५ रन बनाए। ज्ञानेन्द्र मल्लले २६ रन थपे। दीपेन्द्र सिंह ऐरी १३ रनमा बोल्ड आउट भए। कप्तान रोहित पौडेल ८ रनमा रनआउट भए। आशिफ शेख ६ र अर्जुन साउद शून्य रनमा आउट भए। रोहन मुस्ताफाले ३ विकेट लिए। हज्रत बिलालले २ तथा बसिल हमिदले १ विकेट झारे।

युएई माथि नेपालको पहिलो जितपछि नेपाली टिमका कप्तान रोहित कुमार पौडेलले आफू खुसी भएको बताए।”आज खेल रोचक बन्यो।हामीले सुरुमा छिटो विकेट लिन नसकेको अवस्थामा  जुन हिसाबले सोमपाल दाई र ललित राजवंशी ले विकेट लिए पछि हामी  राम्रो कमब्याक गर्यौं ।”

रोहितले आरिफ र गुल्शनको खुलेरै प्रशंसा गरेका छन्।”ब्याटिङमा हाम्रो खराब सुरुवात भएको थियो जुन ढंगले आरिफ र गुल्शनको योगदानले जितको आधार बन्यो।लगाएर विकेट पतन भएको समयमा आरिफ र गुल्शनको साझेदारीले हाम्रो जित हासिल गरेको बताए।रोहित कुमार पौडेलले।”

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएई ४३.२ ओभरमा १ सय ९१ रन बनाउँदा अलआउट भयो। यूएईका ओपनर मुहम्मद वसिम र वृत्य अरविन्दले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरे। अरविन्द २५ रन बनाउँदा पवेलियन फर्के। ३९ बलको सामना गरेका उनले ४ चौका हाने।

अर्का ओपनर वसिमले अर्धशतक प्रहार गरे। ४६ बलको सामना गरेका उनले ३ चौका र ४ छक्का प्रहार गरे। अलिसान सराफुले ३५, वसिर अमिदले २४ र कप्तान सीपी रिजवान २२ रन थपे। विष्णु सुकुमारमले १५ रन बनाए।

नेपालका लागि ललित राजवंशी र सोमपाल कामीले समान ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ४१ रन खर्चे। सोमपालले ७.२ ओभरमा ३५ रन दिए। करण केसी, गुल्सन झा, दिपेन्द्र सिंह एरि र कुशल भुर्तेलले समान १ विकेट झारे।

सम्बाददाता

Leave a Reply

Next Post

नेपालले गोल गर्ने राम्रो मौका गुमाउँदा पाकिस्तानबिरुद्ध पहिलो हाफमा बराबरीमा रोकियो

Wed Nov 16 , 2022
काठमाण्डौ। नेपालले पाकिस्तानबिरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफका बराबरी खेलेको छ ।काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (बुधबार) जारी मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले पाकिस्तानसँग गोलरहित बराबरी खेलेको हो । खेलको पहिलो हाफमा नेपाल र पाकिस्तान दुवै पक्षबाट गोलका लागि केहि सुन्दर अवसरको सिर्जना भएको थियो ।तर उक्त अवसरलाई पहिलो हाफमा […]

You May Like

error: