महँगो साबित भएका करणले लिए पहिलो विकेट,नेपालको उत्कृष्ट पूनरागमन

काठमाडौं।

घरेलु टोली नेपालले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज बुधबार पाहुना टोली युएईविरूद्ध आज नेपालले राम्रो सुरुवात गरेको छ।युएईले ३३ ओभरमा १४५ रन हुँदा पाँच विकेट गुमाएको छ।

नेपालका लागि पाँचौं सफलता करण केसीले दिलाएका छन्। करण यूएई विरूद्ध पहिलो खेलमा महँगो साबित भएका थिए भने आज पनि ५ ओभरमा २६ रन दिएका थिए ।यो सिरिजमा करणको पहिलो विकेट ही।

नेपालका दिपेन्द्र सिंह ऐरीले आफ्नो पहिलो ओभरको पाँचौं बलमा विकेट लिएका छ ।नेपालका लागि ललित राजवंशीले दोस्रो र सोमपालले तेस्रो विकेट लिएका छन्। भने नेपालकी टिमका कुशल भुर्तेलले आफ्नो करियरको नै पहिलो विकेट लिएका छन्।घरेलु टोली नेपाल युएईविरुद्धको दोस्रो खेलमा जित निकाल्न चाहन्छ

 

सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । नेपाललाई सिरिज जोगाउन समेत यस खेल महत्वपूर्ण रहेको छ ।यता, यूएई पहिलो खेलमा पाएको जितले थप हौसिएको छ । युएई दोस्रो खेल जित निकाल्दै एक खेल अगाबै सिरिज जित्ने लक्ष्यमा छ ।

 

युएईले दिएको २ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो ।अर्जुन साउद र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेलेपनि नेपालले लक्ष्य पूरा गर्न सकेन ।

एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु खेलाडी अर्जुनले ५१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै दीपेन्द्रले ५४ रनको इनिङ खेले ।त्यस्तै नेपालका कप्तान रोहित पौडेल १ रनमा आउट हुँदा आसिफ शेखले १२ तथा अर्का डेब्यु खेलाडी हरिशंकर साहले ८ रन बनाए ।

तीन खेलको सिरिजमा युएई १-० ले अघि रहेको छ । आजको खेल जितेमा युएईले सिरिज आफ्नो बनाउनेछ । तर, नेपाल दोस्रो खेलमा जित निकाल्दै सिरिज १-१ को स्थितिमा ल्याउन चाहन्छ ।युएई र नेपालबीचको तेस्रो तथा अन्तिम खेल भने शुक्रबार हुनेछ ।

हेड टु हेड –

नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित टोली नै हुन् । नेपाल र यूएईबीचमा एकदिवसीय अन्तराष्ट्रियमा अहिले सम्म ७ पटक खेल भएको छ । नेपाल मात्र २ पटक विजयी हुँदा ५ पटक यूएईले खेल आफ्नो पक्षमा पारेको छ।

नेपालले २०१९ मा यूएईविरुद्ध नै पहिलो एकदिवसीय सिरिज जितेको थियो । तीन खेलको उक्त सिरिज नेपालले २-१ ले जितेको थियो । सोहि सिरिजको तेस्रो खेलमा नेपालका तत्कालिन कप्तान पारस खड्काले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका थिए ।

सम्बाददाता

Leave a Reply

Next Post

बलरको उत्कृष्ट पूनरागमनमा नेपालले पायो सामान्य रनको लक्ष्य

Wed Nov 16 , 2022
काठमाडौं। घरेलु टोली नेपालले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज बुधबार पाहुना टोली युएईले नेपाललाई सामान्य रनको लक्ष्य प्रस्तुत गरेको छ ।युएईले नेपाललाई ४३.२ ओभरमा सबै विकेट गुमाएर १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा अलआउट हुँदै १ […]

You May Like

error: