नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने,प्लेइङ-११मा एक खेलाडी परिवर्तन

काठमाडौं।

घरेलु टोली नेपालले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज बुधबार पाहुना टोली युएईले आज टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । घरेलु टोली नेपाल युएईविरुद्धको दोस्रो खेलमा जित निकाल्न चाहन्छ

सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । नेपाललाई सिरिज जोगाउन समेत यस खेल महत्वपूर्ण रहेको छ ।यता, यूएई पहिलो खेलमा पाएको जितले थप हौसिएको छ । युएई दोस्रो खेल जित निकाल्दै एक खेल अगाबै सिरिज जित्ने लक्ष्यमा छ ।

युएईले दिएको २ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो ।अर्जुन साउद र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेलेपनि नेपालले लक्ष्य पूरा गर्न सकेन ।

एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु खेलाडी अर्जुनले ५१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै दीपेन्द्रले ५४ रनको इनिङ खेले ।त्यस्तै नेपालका कप्तान रोहित पौडेल १ रनमा आउट हुँदा आसिफ शेखले १२ तथा अर्का डेब्यु खेलाडी हरिशंकर साहले ८ रन बनाए ।

तीन खेलको सिरिजमा युएई १-० ले अघि रहेको छ । आजको खेल जितेमा युएईले सिरिज आफ्नो बनाउनेछ । तर, नेपाल दोस्रो खेलमा जित निकाल्दै सिरिज १-१ को स्थितिमा ल्याउन चाहन्छ ।युएई र नेपालबीचको तेस्रो तथा अन्तिम खेल भने शुक्रबार हुनेछ ।

हेड टु हेड –

नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित टोली नै हुन् । नेपाल र यूएईबीचमा एकदिवसीय अन्तराष्ट्रियमा अहिले सम्म ७ पटक खेल भएको छ । नेपाल मात्र २ पटक विजयी हुँदा ५ पटक यूएईले खेल आफ्नो पक्षमा पारेको छ।

नेपालले २०१९ मा यूएईविरुद्ध नै पहिलो एकदिवसीय सिरिज जितेको थियो । तीन खेलको उक्त सिरिज नेपालले २-१ ले जितेको थियो । सोहि सिरिजको तेस्रो खेलमा नेपालका तत्कालिन कप्तान पारस खड्काले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका थिए ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल (कप्तान), आरिफ शेख, करण केसी, सोमपाल कामी, गुलशन झा र ललित राजवंशी ।

सम्बाददाता

Leave a Reply

Next Post

किरण चेम्जोङले भारतबाट दिए नेपाली टिमलाई जितको शुभकामना

Wed Nov 16 , 2022
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमले आज बुधबार पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पाहुना टोली पाकिस्तानको सामना गर्नेछ । खेल साँझ ५:०० बजे सुरु हुनेछ। करिब ३ वर्षपछि मैदान फर्किएको पाकिस्तानविरुद्ध नेपाल जित निकाल्ने योजनामा रहेको छ ।नेपालका मुख्य प्रशिक्षक प्रवेश कटुवालले प्रि-म्याच कन्फरेन्समा पाकिस्तानविरुद्ध जित निकाल्न टिमको […]

You May Like

error: