नेपालले आज युएईसँग दोस्रो खेल खेल्दै,नेपाल जित्नै पर्ने दबाबमा

काठमाडौं।

घरेलु टोली नेपालले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज बुधबार पाहुना टोली युएईसँग प्रतिस्पर्धा गर्दैछ ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । घरेलु टोली नेपाल युएईविरुद्धको दोस्रो खेलमा जित निकाल्न चाहन्छ

सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । नेपाललाई सिरिज जोगाउन समेत यस खेल महत्वपूर्ण रहेको छ ।यता, यूएई पहिलो खेलमा पाएको जितले थप हौसिएको छ । युएई दोस्रो खेल जित निकाल्दै एक खेल अगाबै सिरिज जित्ने लक्ष्यमा छ ।

युएईले दिएको २ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो ।अर्जुन साउद र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेलेपनि नेपालले लक्ष्य पूरा गर्न सकेन ।

एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु खेलाडी अर्जुनले ५१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै दीपेन्द्रले ५४ रनको इनिङ खेले ।त्यस्तै नेपालका कप्तान रोहित पौडेल १ रनमा आउट हुँदा आसिफ शेखले १२ तथा अर्का डेब्यु खेलाडी हरिशंकर साहले ८ रन बनाए ।

तीन खेलको सिरिजमा युएई १-० ले अघि रहेको छ । आजको खेल जितेमा युएईले सिरिज आफ्नो बनाउनेछ । तर, नेपाल दोस्रो खेलमा जित निकाल्दै सिरिज १-१ को स्थितिमा ल्याउन चाहन्छ ।युएई र नेपालबीचको तेस्रो तथा अन्तिम खेल भने शुक्रबार हुनेछ ।

हेड टु हेड –

नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित टोली नै हुन् । नेपाल र यूएईबीचमा एकदिवसीय अन्तराष्ट्रियमा अहिले सम्म ७ पटक खेल भएको छ । नेपाल मात्र २ पटक विजयी हुँदा ५ पटक यूएईले खेल आफ्नो पक्षमा पारेको छ।

नेपालले २०१९ मा यूएईविरुद्ध नै पहिलो एकदिवसीय सिरिज जितेको थियो । तीन खेलको उक्त सिरिज नेपालले २-१ ले जितेको थियो । सोहि सिरिजको तेस्रो खेलमा नेपालका तत्कालिन कप्तान पारस खड्काले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका थिए ।

सम्बाददाता

Leave a Reply

Next Post

किरणको उत्कृष्ट बचाउमा पन्जाबको विजय सुरुवात

Wed Nov 16 , 2022
काठमाडौं। राष्ट्रिय टोलीका कप्तान एवंम् गोलकिपर किरण चेम्जोङ सम्मलित टोली राउन्ड ग्लास पन्जाब एफसीले जितका साथ आई लिगको नयाँ सिजनको सुरुवात गरेको छ । हरियाको गुणगाँउस्थित टउदेवी लाल रंगशालामा सोमबार भएको खेलमा पन्जाबले श्रीनिधी डेकनलाई २–१ ले हराएको थियो । पञ्जाबले श्रीनिदी डेक्कन एफसीलाई २-१ ले हरायो किनभने किरणले पञ्जाबी […]

You May Like

error: