काठमाडौं।
यूएईसँगको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले मध्यम सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा यूएईका रोहन मुस्तफाले चौका चौकाको वर्षा गर्दै अर्धसतक प्रहार गरेका छन्।उनले आज ७३ बलमा ५३ रन बनाएका छन्।यस क्रममा उनले ७ चौका प्रहार गरेको छन्।
नेपालका सोमपाल कामीले रोहन मुस्तफाको विकेट लिएका छन्।उनले आफ्नो ७ ओभरमा विकेट लिएका छन् ।टस जितेर फिल्डिङ रोजेको नेपालले सुरुआती ३८ ओभरमा मात्र चार विकेट लिएको छन् ।नेपालले ३७ ओभरमा ४ विकेट लिएका हो।
नेपालका लागि तेस्रो विकेट दिपेन्द्र सिंह ऐरीले आफ्नो पहिलो ओभरको पाँचौं बलमा विकेट लिएका छन्।उनले नेपालको ओभरको २६ औं ओभरमा तेस्रो विकेट लिएका छन्।यो उनको पहिलो विकेट हो
यस्तै नेपालका लागि गुलशन झाले १५ ओभरमा २ विकेट लिएका हुन्।उनले यूएईका मोहम्मद वसिमलाई ४१ बलमा एक छक्का र ६ चौकासहित ४४रनमा आउट गरे।उनले आफ्नो ओभरको २ ओभरको ३ बलमा पहिलो विकेट लिएका थिए।भने ओभरको ६ बलमा दोस्रो विकेट लिएका छन्।
यूएईले ३८ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर १८२ रन जोडिसकेको छ ।पाहुना टोली युएईविरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले सुरुआतमा बलिङ गरेको छ ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ ।
आज दुबै टोली जित निकाल्दै सिरिजमा सुखद सुरुआतको योजनामा रहेका छन् ।नेपाल र युएईबीच तीन खेलको सिरिज हुनेछ ।भ्रमणकारी टोली युएईले नेपालसँग पहिलो पटक नेपालमा खेल्न लागेको हो । तर, नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित प्रतिद्वन्दी हुन् ।
नेपाल र यूएईबीच एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्म ६ पटक प्रतिस्पर्धा भएको छ । नेपाल मात्र २ पटक विजयी हुँदा ४ पटक यूएईले खेल आफ्नो पक्षमा पारेको छ ।
विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद र हरिशंकर साहले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् ।पाहुना टोली युएईविरुद्धको पहिलो एकदिवसीयमा सुरुआती-११ मा पर्दै अर्जुन र हरिशंकरले डेब्यु गरेका हुन् ।अर्जुनले टी-ट्वान्टी अन्तराष्ट्रियमा यस अघि नै डेब्यु गरेका थिए । हरिशंकरको भने नेपालका लागि राष्ट्रिय टोलीमै डेब्यु हो ।
नेपालको टिम
आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल (कप्तान) , हरि शंकर साह, करण केसी, सोमपाल कामी, गुलशन झा र ललित राजवंशी