विश्व कप खेलेर फर्किएकाे यूएईसँग नेपालको खेलबारे प्रशिक्षक प्रभाकरले दिए ठुलो बयान

काठमाण्डाै ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकारले संयुक्त अरब इमिरेट्स (यूएई) सँगको तीन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि अनुभव बटुल्ने अवसर भएको बताएका छन् ।

आज आइतवार नेपाल क्रिकेट सङ्घ (क्यान) ले यूएईसँगको शृङ्खलाअघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक प्रभाकारले विश्व कप खेलेर फर्किएको टोली यूएईसँग खेल्नु अवसर र चुनौती दुवै रहेको बताएका हुन् ।

उनले युवा खेलाडीको बाहुल्यता भएको टोलीले शृङ्खलामा राम्रो प्रदर्शन गर्ने अपेक्षा राखे । यूएईसँग खेल्न पाउनु लिग–२ को शृङ्खला खेलिरहेको नेपाली टिमका लागि फाइदाजनक रहेको प्रशिक्षक प्रभाकरले बताए ।

उनले नेपाली टोलीको प्रदर्शनमा सुधार भइरहेको भन्दै खुसी पनि व्यक्त गरे । पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले शृङ्खला आफ्नो पक्षमा पार्ने बताए ।

नेपाली टोलीका नवनियुक्त कप्तान रोहितकुमार पौडेलले भर्खरै सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटबाट खेलाडीलाई अभ्यास पुगेको भन्दै यूएईसँगको खेल राम्रो हुने अपेक्षा राखे ।

विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया, स्कटल्यान्ड र नेपाल सम्मिलित त्रिदेशीय शृङ्खलाअघि विश्व कप खेलेको टोलीसँग अनुभव सँगाल्ने राम्रो अवसर भएको उनकाे भनाइ छ ।

यस्तै यूएई टोलीका कप्तान सिपी रिजवानले नेपाल भ्रमण यसअघि पनि गरिरहेको र केही खेलाडीमा नेपालको प्रतियोगितासँग अनुभव भएको भन्दै प्रतिस्पर्धात्मक खेल हुने धारणा राखे ।

यूएईसँगको खेलका लागि गएकाे शुक्रवार क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको थियो । यस्तै क्यानले यूएईसँगको एकदिवसीय शृङ्खलाका लागि टिकट मूल्य पनि तय गरेको छ ।

क्यानले शृङ्खलाकाे टिकट मूल्य दुई सय रुपैयाँ राखेको जनाएको छ । टिकट प्रभु पेबाट किन्न सकिनेछ । नेपालले यूएईसँग तीन खेलको एकदिवसीय शृङ्खलाअन्तर्गत सोमवार पहिलो खेल खेल्दैछ । यस्तै दोस्रो खेल बुधवार र तेस्रो खेल शुक्रवार हुने तालिका छ । खेल कीर्तिपुरकाे त्रिवि मैदानमा हुनेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

फाइनलमा पाकिस्तानलाई हराएर उपाधि जितेपछि जोस बटलरले दिए ठूलो बयान

Sun Nov 13 , 2022
काठमाडौँ । टी–२० विश्वकप २०२२ को फाइनल खेल इङ्ल्यान्ड र पाकिस्तानबीच मेलबर्न क्रिकेट ग्राउण्डमा भएको थियो । यस खेलमा जोस बटलरको कप्तानीमा रहेको टोलीले बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानी टोलीलाई ५ विकेटले पराजित गर्दै दोस्रो पटक उपाधि कब्जा गरेको छ । यस प्रतियोगितामा कुल ४५ खेल खेलिएका थिए । यस पटक […]

You May Like

error: