विश्वकपबाट बाहिरिए पनि सबैलाई पछाडि छाडदै विराट कोहली यस मामिलामा बने नम्बर-१

काठमाडौँ ।

इंग्ल्यान्डले आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको उपाधि जितेको छ । अष्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो।

पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर १ सय ३८ रन बनाएर पूरा गर्यो । इंग्ल्यान्डको जितमा बेन स्टोक्स नायक बने । उनले अविजित रहदै सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले ।

लियाम लिभिङस्टोन १ रनमा अविजित रहे । कप्तान जोस बट्लर २६ रनमा आउट हुँदा ह्यारी ब्रुकले २० रन बनाए । मोइन अली १९ रन, फिल साल्ट १० रनमा आउट भए भने एलेक्स हेल्स १ रनमा आउट भए ।

तर टी-२० विश्वकप २०२२ मा बिराट कोहली सबैभन्दा सफल ब्याट्सम्यान साबित भएका छन्। यस प्रतियोगितामा ६ खेल खेल्दै उनले ९८.६६ को औसतमा २९६ रन बनाउन सफल भए। यस क्रममा उनको ब्याटबाट ५ अर्धशतक प्रहार भएको थियो ।

नेदरल्याण्ड्सका म्याक्स ओ’डाउड २०२२ को टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो नम्बरमा रहे । म्याक्स ओ’डाउडले टी–२० विश्वकप २०२२ को ८ खेलमा ३४.५७ को औसतमा २४२ रन बनाएका छन् ।

सूर्यकुमार यादव यो सूचीमा परेका दोस्रो भारतीय ब्याट्सम्यान हुन्। सूर्यकुमार यादवले ६ खेलमा ५९.७५ को औसतमा २३९ रन बनाएका छन् । यस अवधिमा उनको स्ट्राइक रेट १८९.६८ रहेको छ ।

इङ्ल्यान्डका कप्तान जोस बटलर सर्वाधिक रन बनाउनेमा चौथो नम्बरमा रहे । जोस बटलरले ६ खेलमा १४४.२३ को स्ट्राइक रेटमा २२५ रन बनाए । तर, फाइनल खेलमा उनले ठूलो इनिङ खेल्न सकेनन् ।

श्रीलंकाका कुसल मेन्डिस २०२२ को टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने पाँचौं खेलाडी हुन् । उनले ८ खेलमा ३१.८५ को औसतमा २२३ रन बनाएका छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

विश्व कप खेलेर फर्किएकाे यूएईसँग नेपालको खेलबारे प्रशिक्षक प्रभाकरले दिए ठुलो बयान

Sun Nov 13 , 2022
काठमाण्डाै । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकारले संयुक्त अरब इमिरेट्स (यूएई) सँगको तीन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि अनुभव बटुल्ने अवसर भएको बताएका छन् । आज आइतवार नेपाल क्रिकेट सङ्घ (क्यान) ले यूएईसँगको शृङ्खलाअघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक प्रभाकारले विश्व कप खेलेर […]

You May Like

error: