आफ्नो टिमको गल्ति बताउदै फाइनल खेलको हारबारे बाबर आजमले दिए ठुलो बयान

काठमाडौँ ।

इंग्ल्यान्डले आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको उपाधि जितेको छ । अष्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो।

पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर १ सय ३८ रन बनाएर पूरा गर्यो । इंग्ल्यान्डको जितमा बेन स्टोक्स नायक बने । उनले अविजित रहदै सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले ।

लियाम लिभिङस्टोन १ रनमा अविजित रहे । कप्तान जोस बट्लर २६ रनमा आउट हुँदा ह्यारी ब्रुकले २० रन बनाए । मोइन अली १९ रन, फिल साल्ट १० रनमा आउट भए भने एलेक्स हेल्स १ रनमा आउट भए ।

पाकिस्तानका हरिस राउफले २ तथा शादब खान, मोहमद वासिम र शाहिन शाह अफ्रिदीले १/१ विकेट लिए । त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो ।

पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन जोडे । कप्तान बाबर आजमले ३२ रन जोड्दा मोहमद रिजवानले १५ रन बनाए । शादब खानले २० रन जोड्दा मोहमद हरिस ८ रन, मोहमद वासिम ४ रन, मोहमद नवाज ३ रन तथा इफ्तिखर अहमेद सुन्य रनमा आउट भए ।

पाकिस्तानका कप्तान बाबर आजमले फाइनलमा आफ्नो टोलीको हारमा ठूलो प्रतिक्रिया दिएका छन् । बाबर आजमले इङ्ल्यान्डलाई बधाई दिँदै आफू च्याम्पियन बन्न योग्य र राम्रो लडाइँ गरेको बताए ।

हामीले यहाँ घरमा महसुस गर्यौं, हरेक ठाउँमा राम्रो समर्थन पाएका छौ। सहयोगको लागि धेरै धेरै धन्यवाद। हो, हामीले पहिलो दुई खेल हार्‍यौं तर अन्तिम चार खेलमा हामी जसरी आएका छौं त्यो अविश्वसनीय थियो।

मैले केटाहरूलाई उनीहरूको प्राकृतिक खेल खेल्न भनें तर हामी २० रन कम थियौं र केटाहरूले बलसँग राम्रोसँग लडे। हाम्रो बलिङ विश्वको उत्कृष्ट आक्रमण मध्ये एक हो।

दुर्भाग्यवश शाहिनको चोटले हामीलाई निराश बनायो, तर यो खेलको हिस्सा हो।

सम्बाददाता

Leave a Reply

Next Post

विश्वकपबाट बाहिरिए पनि सबैलाई पछाडि छाडदै विराट कोहली यस मामिलामा बने नम्बर-१

Sun Nov 13 , 2022
काठमाडौँ । इंग्ल्यान्डले आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको उपाधि जितेको छ । अष्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो। पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर १ सय ३८ रन बनाएर पूरा गर्यो । इंग्ल्यान्डको जितमा बेन स्टोक्स […]

You May Like

error: