राष्ट्रिय टिमको कप्तानमा नियुक्त भएपछी रोहितले खुशी ब्याक्त गर्दै दिए मिठो सन्देश

काठमाडौँ ।

रोहित पौडेल नेपाली क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितलाई कप्तानमा नियुक्त गरेको हो।

नियमित कप्तान सन्दीप लामिछानेको बर्खास्तपछि रोहितले टोलीको नेतृत्व गर्ने अवसर पाएका हुन्। यसअघि नेपाली क्रिकेट टोलीबाट दुई महिनाअघि केन्या भ्रमणमा कप्तानी गरेका थिए।

केन्यासँगको तीन एकदिवसिय अभ्यास खेलमा रोहित कप्तानी गर्दै क्लिनस्विप दिलाएका थिए। त्यसअघि क्यानले रोहितलाई क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिका र स्कटल्याण्ड भ्रमणको लागि उपकप्तान नियुक्त गरेको थियो।

क्यानले गत मंसिरमा तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई अनुशासनको कारवाही गर्दै सन्दीप लामिछानेलाई कप्तान नियुक्त गरेको थियो।

सन्दीप लामिछाने पनि नाबालिकमाथि बला’त्कारको आरोप लागेपछि हाल पूर्पक्षका लागि थुनामा छन्। रोहितले सन् २०१८ मा नेदरल्याण्ड्स विरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

कप्तानमा नियुक्त भएपछि खुसि ब्यक्त गर्दै सामाजिक संजालमा रोहित लेख्छन “खेल्न र देशको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि सधैं गौरवको कुरा हो। राष्ट्रिय टोलीको कप्तान नियुक्त भएपछि मेरो मन असाध्यै गर्व र खुशीले भरिएको छ ।

माया र साथ दिनुहुने सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। मलाई विश्वास गरी यो अवसर प्रदान गरेकोमा नेपाल क्रिकेट संघ क्यानलाई विशेष धन्यवाद । यो जिम्मेवारीलाई पूर्ण समर्पणका साथ लिन म कुनै कसर छोड्ने छैन ।

उत्कृष्ट टोलीको प्रयास, समन्वय र तालमेलले हामी एक टोलीको रूपमा नेपाल क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउन सक्छौँ भन्ने मलाई विश्वास छ।
सिक्न जारी राखौं, सपना देखीरहौं र अघि बढौं। #जयनेपाल ”

रोहितले नेपालबाट २५ खेलमा ओडिआई खेलमा १ शतक र ५ अर्धशतकसहित कुल ८ सय ८ रन बनाएका छन्। त्यस्तै २१ टि२० आई र ४० लिष्ट ए खेल खेलेका छन्। सन् २०१८ मा डिभिजन २ मा नामिबियासँग डेब्यू गरेका रोहितले त्यसपछि लगातार उच्च प्रदर्शन गर्दै आएका छन्।

नेपालले रोहितको कप्तानीमा घरेलु मैदानमा युएईसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ । पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुनेछ। यस्तै दोस्रो एकदिवसीय नोभेम्बर १६ र अन्तिम तथा तेस्रो एकदिवसीय नोभेम्बर १८ मा हुनेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

आफ्नो टिमको गल्ति बताउदै फाइनल खेलको हारबारे बाबर आजमले दिए ठुलो बयान

Sun Nov 13 , 2022
काठमाडौँ । इंग्ल्यान्डले आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको उपाधि जितेको छ । अष्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो। पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर १ सय ३८ रन बनाएर पूरा गर्यो । इंग्ल्यान्डको जितमा बेन स्टोक्स […]

You May Like

error: