विश्वकप विजेता इङ्ल्यान्ड माथी पैसाको वर्षा, फाइनलमा हारका बाबजुद पाकिस्तानलाई करोडौं धनराशि

काठमाडौं ।

इंग्ल्यान्डले आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको उपाधि जितेको छ । अष्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो।

पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर १ सय ३८ रन बनाएर पूरा गर्यो । इंग्ल्यान्डको जितमा बेन स्टोक्स नायक बने । उनले अविजित रहदै सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले ।

लियाम लिभिङस्टोन १ रनमा अविजित रहे । कप्तान जोस बट्लर २६ रनमा आउट हुँदा ह्यारी ब्रुकले २० रन बनाए । मोइन अली १९ रन, फिल साल्ट १० रनमा आउट भए भने एलेक्स हेल्स १ रनमा आउट भए ।

पाकिस्तानका हरिस राउफले २ तथा शादब खान, मोहमद वासिम र शाहिन शाह अफ्रिदीले १/१ विकेट लिए । त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो ।

पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन जोडे । कप्तान बाबर आजमले ३२ रन जोड्दा मोहमद रिजवानले १५ रन बनाए । शादब खानले २० रन जोड्दा मोहमद हरिस ८ रन, मोहमद वासिम ४ रन, मोहमद नवाज ३ रन तथा इफ्तिखर अहमेद सुन्य रनमा आउट भए ।

शाहिन साह अफ्रिदी ५ रनमा अविजित रहदा हरिस राउफले अविजित १ रन बनाए । इंग्ल्यान्डका साम करनले ३ विकेट लिए । घातक बलिङ गरेका उनले ४ ओभरमा मात्र १२ रन खर्चिए ।

क्रिस जोर्डन र आदील राशिदले २/२ विकेट लिए । बेन स्टोक्सको नाममा १ विकेट रह्यो । इंग्ल्यान्डले दोस्रो पटक टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको हो ।

विश्वकप विजेता इङ्ल्यान्ड टोलीले १६ लाख अमेरिकी डलर अर्थात् २१ करोड ४४ लाख नेपाली रुपैयाँ पुरस्कार पाएको छ । साथै, फाइनलमा हार्ने पाकिस्तानी टोलीले टोलीले ८ लाख डलर (करिब ९.६ करोड नेपाली रुपैयाँ) पाएको छ ।

सम्बाददाता

Leave a Reply

Next Post

राष्ट्रिय टिमको कप्तानमा नियुक्त भएपछी रोहितले खुशी ब्याक्त गर्दै दिए मिठो सन्देश

Sun Nov 13 , 2022
काठमाडौँ । रोहित पौडेल नेपाली क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितलाई कप्तानमा नियुक्त गरेको हो। नियमित कप्तान सन्दीप लामिछानेको बर्खास्तपछि रोहितले टोलीको नेतृत्व गर्ने अवसर पाएका हुन्। यसअघि नेपाली क्रिकेट टोलीबाट दुई महिनाअघि केन्या भ्रमणमा कप्तानी गरेका थिए। केन्यासँगको तीन एकदिवसिय अभ्यास […]

You May Like

error: