काठमाडौं ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । आईसीसीले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू–१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो ।
आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियलाई सन् २०२४ देखि २०२७ सम्ममा आईसीसी यू–१९ प्रतियोगिताको जिम्मा दिने निर्णय गरेको हो ।
जसअनुसार सन् २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने छ । त्यसअघि सन् २०२५ को प्रतियोगिता भने मलेसिया र थाइल्याण्यले आयोजना गर्ने छन् । यस्तै सन् २०२४ को यू–१९ क्रिकेट विश्वकप श्रीलंकामा र २०२६ को प्रतियोगिता जिम्बावे र नामिबियामा आयोजना हुने आईसीसीले जनाएको छ ।
यू-१९ महिला विश्वकप आयोजनाको अधिकार पाएको नेपालको महिला टिमले अहिलेसम्म विश्वकप खेलेको छैन । सन् २०२३ को पहिलो संस्करणको यू-१९ महिला विश्वकप दक्षिण अफ्रिकामा आयोजना हुँदैछ ।
उक्त विश्वकपको लागि नेपाललले एसियाली क्षेत्रको छनोट खेलेको थियो । तर तेस्रो हुँदै छनोट हुन असफल भयो । नेपालको पुरुष सिनियर टिमले सन् २०१४ मा टी-२० विश्वकप खेलेका थिए । यस्तै यू-१९ पुरुष टिमले पनि विश्वकपमा सहभागिता जनाइसकेको छ ।
यो पनि: पाकिस्तान विरुद्धको टी-२० मा आयरल्याण्डले दर्ता गर्यो ऐतिहासिक जित
आयरल्याण्डले तीन खेलको शृङ्खला (PAK-W vs IRE-W) को पहिलो टि-२० मा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै अविस्मरणीय जित दर्ता गरेको छ।
पहिले खेल्दै पाकिस्तानले १३५/५ रन बनाएको थियो, जवाफमा आयरल्याण्डले १८.४ ओभरमा १३९/४ रन बनाएर खेल जितेको छ। आयरल्यान्डको यो आठ वर्षमा पाकिस्तानविरुद्धको पहिलो टी-२० जित हो।
आयरल्याण्डकी ओर्ला प्रेन्डरगास्ट उत्कृष्ट अलराउन्ड प्रदर्शनका लागि प्लेयर अफ द म्याच घोषित भइन्। पाकिस्तानले टस जितेर पहिले ब्याटिङ रोजेकोआफ्नो निर्णय गलत सावित भयो ।
इनिङ्सको पहिलो ओभरमा मुनिबा अली खाता नखोल्दै आउट भइन । पाँचौं ओभरमा कप्तान बिस्माह मारुफले पनि १५ बलमा १७ रन बनाइऐर आउट भइन । दोस्रो ओपनर जाभेरिया खान सातौं ओभरमा ४ रनको योगदान दिएर ३२ रनको स्कोरमा आउट भइन् ।
ओमाइमा सोहेल पनि ५६ रनको स्कोरमा ८ रन बनाएर आउट भइन् । यहाँबाट निदा डार र आलिया रियाजले अर्धशतकीय साझेदारी गर्दै स्कोर ११३ मा पुर्याएका थिए ।
निदाले ४३ बलमा ९ चौका र एक छक्काको मद्दतले ६१ रन बनाएकी थिइन् । आलिया २४ रनमा अविजित रहिन् । तल्लो क्रममा आयशा नसिमले पनि अविजित ११ रन खेलिन् । आयरल्याण्डका लागि ओर्ला प्रेन्डरगास्टले १० रनमा तीन ब्याट्सम्यानलाई आफ्नो शिकार बनाए ।