काठमाडौँ।
अष्ट्रेलियाका पूर्व क्रिकेटर तथा प्रशिक्षक टम मुडीले रोहित शर्मा र विराट कोहली जस्ता अनुभवी खेलाडीलाई महत्वपूर्ण सल्लाह दिएका छन् ।
उनले रोहित शर्मा र विराट कोहलीले अब भारतबाट टी–२० क्रिकेट खेल्न नहुने बताएका छन् । टम मुडीका अनुसार अब यी खेलाडीका लागि टी–२० क्रिकेट खेल्नुको कुनै अर्थ छैन ।
टम मुडीका अनुसार यदि भारतले अर्को टी–२० विश्वकपका लागि राम्रो टोली तयार गर्नु छ भने रोहित शर्मा र विराट कोहलीभन्दा बाहिर सोच्नुपर्छ ।
टम मुडीका अनुसार व्यवस्थापनले नयाँ खेलाडीको वरिपरि टोली निर्माण गर्नुपर्छ । टम मुडीका अनुसार रोहित र विराटले आईपीएलमा मात्र टी–२० क्रिकेट खेल्नुपर्छ ।
ईएसपीएन क्रिकइन्फोमा कुराकानीका क्रममा टम मुडीले भने, ‘अर्को टी–२० विश्वकप दुई वर्ष बाँकी छ । रोहित शर्मा र विराट कोहलीले यो अवधिमा भारतका लागि थप टि-२० क्रिकेट खेले भने म धेरै छक्क पर्नेछु।
मेरो अनुसार क्रिकेट बोर्डसँग बसेर विश्वकपको ६ महिना अगाडि नै यो निर्णय लिनुपर्नेछ । फ्रेन्चाइजी क्रिकेट बाहेक, मलाई लाग्दैन कि यी खेलाडीहरूले अब टि-२० मा खेल्नुपर्छ। अब अन्य खेलाडीको विकास गर्ने बेला आएको छ ।
टम मुडीका अनुसार, सबै भिन्नता पावरप्लेमा भित्र देखियो। इंग्ल्यान्डको ब्याटिङ र भारतको ब्याटिङले सबै फरक पारेको छ । उनले भने, ‘पावरप्लेमा दुवै टोलीको दृष्टिकोणमा भिन्नता थियो ।
भारतले पाँच र इंग्ल्यान्डले १० चौका प्रहार गरेको थियो । जोस बटलर र एलेक्स हेल्सले भारतीय बलरलाई यति धेरै दबाब दिए कि उनीहरूले मौका नै छोडेनन्।
यो खेल जित्नका लागि इंग्ल्याण्डले २० ओभरमा १६९ रन जोड्नु परेको थियो । इंग्ल्यान्डको टोलीले यो लक्ष्य बिना विकेट गुमाएर पुरा गर्यो । जोस बटलरले अविजित ८० र एलेक्स हेल्सले अविजित ८६ रन बनाए ।
टी–२० विश्वकप २०२२ को फाइनल खेल अब इङ्ल्यान्ड र पाकिस्तानबीच हुनेछ । यस खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टोलीको सुरुवात खराब रह्यो र केएल राहुल ५ रन बनाएर प्याभिलियन फर्किए ।
पहिलो दश ओभरमा ६२ रन मात्र बनेको थियो । सेमिफाइनलमा ७ ओभरमा ४२ डट बलमा रन नपाउँदा टोली कति दबाबमा थियो भन्ने प्रमाणित हुन्छ ।