टी-२० विश्वकपमा पाकिस्तान र इंग्ल्याण्डबीचको फाइनल खेल रोकिए के हुन्छ?

काठमाडौँ ।

अष्ट्रेलियामा जारी आईसीसी टी२० विश्वकपको फाइनल खेलमा पाकिस्तान र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदै छ। आइतबारको खेलमा जित हात पार्ने टोलीले दोस्रोपटक टी२० विश्वकपको उपाधि जित्नेछ।

यसअघि सन् २०१० मा इंग्ल्याण्डले टी२० विश्वकपको उपाधि जितेको थियो भने पाकिस्तानले सन् २००९ को विश्वकप उपाधि जितेको थियो।

यसपटकको विश्वकपमा इंग्ल्याण्ड र पाकिस्तानले समूह चरणमा उत्कृष्ट प्रदर्शन भने गर्न सकेका थिए। भाग्यको साथ पाएको पाकिस्तान र नेटरनरेटमा अगाडि रहँदै इंग्ल्याण्डले सेमिफाइनलमा आफ्नो स्थान बनाएका थिए।

दुवै टोली आ–आफ्नो समूहको उपविजेताको हैसयतमा सेमिफाइनल पुगेका थिए। यस्तोमा आइतबारको फाइनल खेलमा यी दुई टोलीबीच रोचक प्रतिस्पर्धा हुन सक्ने अनुमान छ।

यद्यपि आइतबारको खेलमा वर्षा बाधक बन्न सक्ने देखिएको छ। आइतबार मेलवर्न क्रिकेट मैदानमा वर्षा हुने सम्भावना ९५ प्रतिशत रहेको मौसदविदले बताएका छन्। त्यसैले आइतबारको खेल वर्षाले प्रभावित हुने पक्काजस्तै छ।

तर, पानी कति समयसम्म पर्छ भन्ने महत्वपूर्ण हुनेछ। कुनै पनि नकआउट खेलमा नतिजाको लागि कम्तीमा १० ओभर खेल हुनुपर्ने आईसीसीको नियम छ। त्यसैले पानी परेर केही समयका लागि खेल हुने अवस्था आए पनि दुवै टोलीले कम्तीमा १० ओभर खेल्नुपर्ने हुन्छ।

फाइनल खेलको लागि भन्दै सोमबार एक दिन रिजर्भ डे राखिएको छ। तर, सोमबार पनि पार्न पर्ने सम्भावना समान छ। यसरी दुवै दिन पानीले खेल रोकिएको खण्डमा पाकिस्तान र इंग्ल्याण्ड संयुक्त विजेता बन्नेछन्।

यस्तोमा पहिलो प्राथमिकता भने आइतबार नै खेल छोट्याएर नतिजा निकाल्नु हुनेछ। यदि आइतबार खेल सुरु भयो तर पूरा हुन सकेन भने सोही अवस्थाबाट सोमबार खेल सुरु हुनेछ।

यसअघि सन् २०१९ को विश्वकपमा भारत र न्युजिल्याण्डबीचको सेमिफाइनल खेल पनि दुई दिन लगाएर पूरा गरिएको थियो।

सम्बाददाता

Leave a Reply

Next Post

सेमिफाइनलमा हारका बाबजुद पनि टिम इन्डियाले पाउनेछ करोडौ रुपैया

Sat Nov 12 , 2022
काठमाडौँ । टी–२० विश्वकप २०२२ अन्तिम चरणमा पुगेको छ । क्रिकेटको मक्का भनिने मेलबर्नको मैदानमा भोलि (१३ नोभेम्बर) फाइनल खेल इंग्ल्याण्ड र पाकिस्तानबीच हुँदैछ । जहाँ पाकिस्तानी टोली भाग्यको सहयोगमा फाइनलमा पुगेको छ । योसँगै इंग्ल्याण्डले सेमिफाइनलमा भारतीय टोलीलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा हार्दा पनि भारतीय खेलाडीले […]

You May Like

error: