काठमाडौं।
नेपालले बंगलादेशमा आयोजना भएको साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।ढाकामा शुक्रबार डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो ।
रोमान्चक खेलमा सुरुआती अग्रता भने नेपालले बनाएको थियो ।खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।
तर, खेलको ५४ औं मिनेटमा रुमाले गोल गर्दै बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याईन् । त्यसपछि खेलको ८९ औं मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गर्यो ।तर, बंगलादेशक्की बीबी रिताको पेनाल्टी नेपालका गोलकिपर सुजाता तामाङले उत्कृष्ट बचाउ गरिन् ।
बराबरीसँगै नेपालले ४ खेलमा अपराजित रहदै १० अंक जोड्यो । शीर्ष स्थानमा रहदै नेपालले उपाधि उचालेको हो । बंगलादेश ४ खेलमा ७ अंक जोडेर उपविजेता बन्यो ।
यो पनि पढ्नुहोस्;किरण चेम्जोंग बिना पाकिस्तानविरुद्ध खेल्ने नेपालि टोलि घोषणा
पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक प्रवेश कटुवालले शुक्रबार २३ सदस्सीय टोलीको घोषणा गरेको हो ।नेपालले घोषणा गरेको टोलीमा नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङ अटाएका छैनन् । किरण व्यवसायिक क्लब फुटबलका लागि भारतमा रहेका छन् ।
उनी आईलिग टोली राउण्डग्लास पन्जाब एफसीमा अनुबन्धित भएका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल कात्तिक ३० गते हुनेछ ।मैत्रीपूर्ण खेल फिफा डे अन्तर्गत हुनेछ । खेल साँझ ५:३० बजे सुरु हुनेछ। एन्फाले टिकट काटेर हेर्ने एक भाग्यशाली दर्शकले कतारमा आयोजना हुने फिफा विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट पाउने जनाएको छ ।
विजेता गोलापर्थाद्वारा छनोट गरिने एन्फाले जनाएको छ । एन्फाले विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलका लागि ८० वटा टिकट बिक्रिका लागि राखिने जनाएको छ । टिकट दर ५ हजार राखिएको छ ।
मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको टिम आइतबार नेपाल आईपुग्ने छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।एन्फाले मंगलबार मैत्रीपूर्णका लागि कटुवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिईएको जनाएको छ ।
एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले कटुवाललाई नियुक्ति पत्र दिएका थिए ।कटुवालले मछिन्द्र फुटबल क्लबलाई ए डिभिजन लिगको उपाधि जितेका छन् । नेपालले नोभेम्बर १६ (कात्तिक ३०) मा पाकिस्तानसँग दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपाली टोली –
गोलकिपरः विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु
डिफेन्डरः रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, निशान खड्का
मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, एरिकविष्ट, आभास लामिछाने
फरवार्डः अन्जन विष्ट, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल, ऋतिक खड्का, सुजल श्रेष्ठ