सन्दीपकाे ठाउँमा नयाँ कप्तान काे ? आज टुंगो लगाउदै क्यान

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तान शुक्रबार टुंगो लाग्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले साँझसम्म नयाँ कप्तानको टुंगो लाग्ने बताए ।

नेपालले यूएईसँग शृंखला खेल्नुअघि नयाँ कप्तानबारे निर्णय हुन लागेको हो । मल्लका अनुसार शुक्रबार छनोट समितिको बैठक बस्दैछ । ‘साँझसम्म नयाँ कप्तानको नाम बाहिर आउनेछ’, उनले भने ।

बला’त्कारको आरोप लागेका कारण तत्कालीन कप्तान सन्दीप लामिछानेलाई क्यानले निलम्बन गरेपछि उक्त पद रिक्त छ । सन्दीप मुद्दा पुर्पक्षका लागि थुनामा छन् ।

सन्दीप गत पुसमा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए । तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ललाई अनुशासन कारबाही गर्दै पदबाट हटाएर सन्दीपलाई जिम्मेवारी दिइएको थियो ।

त्यतिवेला दीपेन्द्रसिंह ऐरीलाई पनि कारबाही गर्दै उपकप्तानबाट हटाइएको थियो । ऐरीको स्थानमा रोहित पौडेलले उपकप्तानको जिम्मेवारी दिइएको थियो । पछिल्लो राष्ट्रिय टोलीमा दीपेन्द्र, ज्ञानेन्द्र र रोहित तीनै जना थिए ।

स्रोतका अनुसार यीमध्ये एक जनालाई कप्तानको जिम्मेवारी दिइनेछ । कार्यबाहक सचिव मल्लले पछिसम्मलाई हेरेर कप्तान नियुक्त गरिने बताए । ‘अहिलेको कप्तान यूएईसँगको खेलका लागि मात्र होइन’, उनले भने ।

काठमाडौंमा अहिले एकदिवसीय स्वरुपको प्रधानमन्त्री कप क्रिकेट भइरहेको छ । नेपालसँग खेल्न यूएईको टोली शनिबार आइपुग्ने क्यानले जनाएको छ । नेपाल र यूएईबीच कात्तिक २८, ३० र मंसिर २ गते तीनवटा एकदिवसीय खेल हुँदैछ ।

यो पनि: टी-२० विश्वकप ट्रफी बाँड्न बाध्य हुन सक्छन् पाकिस्तान र इङ्ग्ल्यान्ड
आइसीसी पुरुष टी२० विश्वकप फाइलन आइतवारको लागि तय भएको छ। फाइनलमा पाकिस्तान र इङ्ग्ल्यान्ड भिड्दैछन्।

तर, फाइनल खेल हुन लागेको मेलबर्नको आइतवारको मौसम पूर्वानुमान भने राम्रो छैन। मेलबर्नमा आइतवार खराब मौसमको पूर्वानुमान गरिएसँगै इङ्ग्ल्यान्ड र पाकिस्तानबिचको फाइनल खेल ‘वास आउट’ हुने खतरा बढेको छ।

यदि सो खेल ‘वास आउट’ भएमा दुवै फाइनालिस्टले टी२० विश्वकपको उपाधि संयुक्त रुपमा जित्ने सम्भावना बढेको छ। यो घटना क्रिकेट इतिहासमा पहिलो हुनेछ।

यदि आइतवार वर्षाले मेलबर्न क्रिकेट ग्राउन्ड (एमसीजी)लाई प्रभावित बनाए पाकिस्तान र इङ्ग्ल्यान्ड संयुक्त रुपमा च्याम्पियन बन्न सक्छन्।

आइतवार मेलबर्नमा पानी पर्ने सम्भावना ९५ प्रतिशत रहेको अनुमान छ। मौसम विज्ञान ब्यूरोले २५ मिलिमिटर वर्षासँगै सम्भावित मेघगर्जनको भविष्यवाणी गरेको छ।

सम्बाददाता

Leave a Reply

Next Post

राष्ट्रिय टिमकी अलराउण्डर सीता राना मगरलाई ठुलो सफलता

Fri Nov 11 , 2022
काठमाडौं । नेपाल राष्ट्रिय महिला क्रिकेट टिमकी अलराउन्डर सीता रानामगर फ्रेन्चाइज क्रिकेट प्रतियोगिता फेयरब्रेकको नयाँ सिजनका लागि अनुबन्धित भएकी छन् । उनका म्यानेजर दीपेश पण्डितले दोस्रो सिजनको प्रतियोगितामा पनि सीताले खेल्ने निश्चित भएको जानकारी दिए । तर, उनले कुन टिमबाट खेल्ने निश्चित भइसकेको छैन । पण्डितका अनुसार सीताले सम्भवत: पुरानै […]

You May Like

error: