हार्दिकले १९० को स्ट्राइक रेटमा रन बनाउदा भारतले इंग्ल्याण्डलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले इंग्ल्याण्डलाई जितका लागि १६९ रनको लक्ष्य दिएको छ ।

हार्दिक पाण्डेय (६३) र विराट कोहली (५०) को धारदार इनिङ्सको मद्दतमा टीम इन्डियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको छ । इङ्ल्यान्डका लागि क्रिस जोर्डनले ३ विकेट लिए भने क्रिस वोक्स र आदिल रसिदले एक एक विकेट लिए ।

आज जित्ने टोलीले नोभेम्बर १३ मा मेलबर्न क्रिकेट मैदानमा फाइनलमा पाकिस्तानको सामना गर्नेछ। यसअघि इंग्ल्याण्डका कप्तान जोस बटलरले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएका थिए ।

टीम इन्डियाको सुरुवात फेरि खराब रह्यो । दोस्रो ओभरमा क्रिस वोक्सको बलमा ५ रन बनाएर केएल राहुल आउट भए । वोक्सको उछालिएको बलमा राहुलले ब्याट हाने र बटलरलाई विकेटको पछाडि क्याच दिए।

भारतीय इनिङ्सलाई कप्तान रोहित शर्मा र विराट कोहलीले सम्हालेका थिए । दुवैले दोस्रो विकेटका लागि ४३ बलमा ४७ रनको साझेदारी गरे । रोहितले २८ बलमा चार चौकाको मद्दतले २७ रन बनाए ।

जोर्डनको बलमा साम कारेनलाई बाउन्ड्रीमा उनले क्याच दिए । मार्क वुडको स्थानमा जोर्डनलाई इंग्ल्याण्डको टोलीमा समावेश गरिएको छ ।

टीम इन्डियाको सबैभन्दा ठूलो आशा सूर्यकुमार यादवबाट थियो। बेन स्टोक्सको बलमा छक्का र चौका प्रहार गर्दै सूर्यले हात खोल्ने संकेत गरे । तर, उनलाई आदिल राशिदको बलमा फिल साल्टले बाउन्ड्रीमा कैच आउट गरेका थिए । सूर्यले १० बलमा १४ रन बनाए ।

७५ रनमा तीन विकेट खसेपछि हार्दिक पाण्ड्या क्रिजमा अवतरण गरेका थिए । पाण्ड्याले सदाबहार ब्याट्सम्यान विराट कोहलीसँग ३५ बलमा अर्धशतकीय साझेदारी खेले।

१८ औं ओभरमा पाण्ड्याले क्रिस जोर्डनलाई पनि लगातार दुई छक्का प्रहार गरे । कोहली र पाण्ड्याबीच चौथो विकेटका लागि ६१ रनको साझेदारी भएको थियो ।

भारतका अलराउन्डर हार्दिक पाण्ड्याले आफ्नो तेस्रो टी-२० अन्तर्राष्ट्रियमा २९ बलमा अर्धसतक बनाएका छन् । हार्दिकले ३ चौका र चार छक्का प्रहार गर्दै अर्धशतकीय पारी खेले ।

सम्बाददाता

Leave a Reply

Next Post

बलिंग नचल्दा विश्वकपमा भारतको लज्जास्पद हार, इङ्ल्याण्ड १० विकेटले विजयी

Thu Nov 10 , 2022
काठमाडौँ । टी–२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेल भारत र इंग्ल्याण्डबीच एडिलेड मैदानमा भएको छ । यस खेलमा भारतले टस हारेर ब्याटिङ सुरु गरेको थियो र खेल हारेर टुङ्गिएको छ । इंग्ल्याण्ड विरुद्ध टीम इण्डियाको बलिङ पूर्ण रुपमा फ्लप रह्यो, जसका कारण भारतले हार बेहोरेको छ । यो हारसँगै […]

You May Like

error: