काठमाडौँ ।
आईसीसी टी–२० विश्वकप २०२२ को पहिलो सेमिफाइनलमा पाकिस्तानले न्यूजिल्याण्डको सामना गरेको छ । पाकिस्तानविरुद्ध केन विलियम्सनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए ।
ड्यारेल मिचेलको अर्धशतकको आधारमा टोलीले ४ विकेटमा १५२ रन बनाएको थियो । जवाफमा पाकिस्तानले कप्तान बाबर आजम र मोहम्मद रिजवानको विस्फोटक इनिङ्सको आधारमा १९.१ ओभर ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको छ ।
यी दुवै खेलाडीका कारण पाकिस्तानी टोली खेल जित्न सफल भएको छ । सहज जितसँगै टोली तेस्रो पटक टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । न्यूजिल्याण्ड विरुद्धको खेलमा जित हात पार्दै पाकिस्तानी टोलीले इतिहास रच्दै ठूलो कीर्तिमान आफ्नो नाममा बनाएको छ ।
पाकिस्तानले बनाएको कीर्तिमान:
न्यूजिल्याण्डलाई हराउँदै पाकिस्तान २०२२ को टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । न्यूजिल्याण्डमाथि पाकिस्तानको यो १८औँ जित हो।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तान विपक्षी टोलीमाथि सबै भन्दा धेरै जित हात पार्दै शीर्ष स्थानमा पुगेको छ । यसअघि यो कीर्तिमान भारतीय टोलीको नाममा थियो । अहिलेसम्म भारतले श्रीलंकालाई १७ पटक पराजित गरेको छ ।
एउटै टोली विरुद्धको टि-२० अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै जित:
पाकिस्तान भर्सेस न्युजिल्यान्ड – पाकिस्तानले १८ पटक जित्यो
भारत भर्सेस वेस्ट इन्डिज – भारतले १७ पटक जित्यो
भारत भर्सेस श्रीलंका – भारतले १७ पटक जित्यो
इङ्ल्यान्ड भर्सेस पाकिस्तान – इङ्ल्यान्डले १७ पटक जित्यो
न्युजिल्यान्ड र पाकिस्तानबीचको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २९ खेल खेलिएका छन् जसमा पाकिस्तानी टोलीले १८ खेल जितेको छ । योसँगै न्यूजिल्याण्डको टोलीले ११ खेल मात्र जित्न सकेको छ । सेमिफाइनल खेलमा पाकिस्तानका लागि बाबर आजम र मोहम्मद रिजवानले उत्कृष्ट पारी खेलेका थिए ।
भारत र पाकिस्तानबीच हुन सक्छ फाइनल :
भारतीय टोलीले नोभेम्बर १० मा एडिलेड मैदानमा इंग्ल्याण्डको सामना गर्नेछ। भारतले यो खेल जित्यो भने फाइनलमा पाकिस्तानसँग भिड्नेछ । सन् २००७ मा पनि टी–२० विश्वकप २०२२ भारत र पाकिस्तानबीच खेलिएको थियो । जहाँ टीम इन्डिया ५ रनले विजयी भएको थियो ।