जेलभित्रै क्रिकेट खेल्छन् सन्दीप, यस्तो छ जेलमा उनको अवस्था

काठमाडौँ  ।

एक क्रिकेट खेलाडीमा जुनसुकै अवस्थामा पनि बल र ब्याटप्रतिको गज्जबको मोह हुन्छ । ज’बर्जस्ती क’रणी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेमा पनि बल र ब्याटप्रतिको मोहमा कुनै कमी आएको छैन ।

उनी अहिले जेलभित्रै पनि क्रिकेट खेल्न थालेका छन् । सुन्धारास्थित भद्र बन्दीगृहभित्र रहेको खेलमैदानमा कैदीबन्दीसँग उनी क्रिकेट खेल्ने गरेका छन् ।

सन्दीपको यो रुचिमा अन्य कैदीबन्दी र जेल प्रशासनको पनि सहयोग छ । जिल्ला अदालतको आदेशमा गत १८ कात्तिकमा सन्दीप सुन्धारास्थित कारागार चलान भएका थिए ।

कारागार स्रोतका अनुसार त्यसको भोलिपल्टै उनले अन्य कैदीबन्दीसँग क्रिकेट खेलेका थिए । जेलभित्र टेनिस बलमा क्रिकेट खेल हुने गरेको छ । सन्दीप पनि टेनिस बलमै खेल्छन् ।

केन्द्रीय कारागारका जेलर ईश्वर पाण्डेका अनुसार भद्र र केन्द्रीय कारागार दुवैमा खेलमैदान छ । ‘त्यहाँ फुटबल, क्रिकेट र टेबुलटेनिसलगायत खेल हुन्छन्,’ उनले भने, ‘वेलावेला आन्तरिक प्रतिस्पर्धासमेत हुने गरेको छ ।’

भद्र बन्दीगृहमा करिब एक हजार कैदीबन्दी छन् । सन्दीप रहेको हलमा करिब ६५ जना कैदीबन्दी छन् । जेलभित्र चौकीदारको नेतृत्वमा कैदीबन्दीकै आन्तरिक प्रशासन हुन्छ ।

सोही प्रशासनले खानेदेखि खेलकुदसम्मका नियम बनाई लागू गर्दछ । जेलभित्र सबैका लागि सेवा–सुविधा समान हुने जेलर पाण्डे बताउँछन् । थुनछेक आदेशमा छुट्ने आशामा रहेका उनी थुनामा पठाउने अदालतको आदेशपछि तनावमा छन् ।

जेलभित्र बिस्तारै उनी घुलमिल हुँदै क्रिकेट खेल्न थालेका हुन् । सन्दीपमाथि नाबालिका कि’शोरीमाथि जब’र्जस्ती क’रणी गरेको अभियोग छ । ‘प्राप्त प्रमाणहरूको आधारमा यी प्रतिवादी निर्दाेष रहेछन् भन्ने मान्न नमिल्ने’ भन्दै जिल्ला अदालतले मुद्दाको किनारा नलाग्दासम्म उनलाई थुनामा पठाउने आदेश दिएको थियो ।

सन्दीपले भने आफूलाई फसाइएको भन्दै इन्कारी बयान दिँदै आएका छन् । होटेलको सिसिटिभी फुटेज, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन र प्रतिवादीको बयान व्यहोराबीच आपसमा तादात्म्यता रहेको तथ्यलाई आधार मानेर अदालतले उनलाई थुनामा पठाएको हो ।

गत ५ भदौमा पिंगलास्थानको काठमाडौं इन होटेलमा उनी एक किशोरीसँग बसेका थिए । आफू सोफामा सुतेको र युवतीमाथि जबर्ज’स्ती क’रणी नगरेको दाबी सन्दीपको छ ।

२० भदौमा उनीविरुद्ध जाहेरी परेकोमा २० असोजमा विदेशबाट फर्कँदा उनी पक्राउ परेका थिए । पीडित १८ वर्षभन्दा कम उमेरकी नाबालिका भएको भनेर जाहेरी परेको छ ।

तर, सन्दीपका वकिलले भने पीडितको उमेर १९ वर्ष भएको भन्दै जन्मदर्ताको विवरण पेस गरेका थिए । जुन विषयमा अदालतले पीडितको जन्मदर्ताको अभिलेख किताबसहितको सक्कल प्रति र पीडितको नागरिकता प्रमाणपत्र बनाउँदा भरेको अनुसूची फारमसहितको प्रतिलिपि सम्बन्धित कार्यालयबाट झिकाउने आदेश दिएको छ ।

आगामी ७ मंसिरमा पीडित तथा साक्षीहरूको अदालतमा बकपत्र हुँदै छ । अदालतले जाहेरवाला पीडित, अनुसन्धानको क्रममा बुझिएका मानिसहरू, पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई सरकारी वकिल कार्यालयमार्फत तथा प्रतिवादीका साक्षीहरूलाई बकपत्रका लागि बोलाएको हो ।

बकपत्र र अदालतले मागेका विवरण उपलब्ध भएपछि सन्दीपको मुद्दामा सुनुवाइको पेसी चढ्नेछ । सामान्यतया यस्तो मुद्दामा फैसला आउन कम्तीमा एक वर्ष लाग्ने गरेको छ । सन्दीपका कानुन व्यवसायी भने उनलाई साधारण तारेखम रिहाइको माग गरी उच्च अदालत जाने तयारीमा छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

जेलभित्रै नै क्रिकेट खेल्दै गरेका सन्दीपलाई आईसिसीले दियो खुसीको खबर!

Wed Nov 9 , 2022
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको आईसीसी टी-ट्वान्टी ब्याटिङतर्फको वरीयतामा एक स्थानको सुधार भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा दीपेन्द्रको वरीयता एक स्थान सुधार भएको हो । नयाँ वरियतामा दीपेन्द्र ५८ औं स्थानमा छन् । ब्याटिङतर्फ नै कुशल भुर्तेल ५४ औं […]

You May Like

error: