लाइभ म्याचमा रोहितलाई भेटन मैदानमा पुग्नु पर्यो भारि, तिर्नुपर्यो लाखौ जरिवाना

काठमाडौँ ।

टी–२० विश्वकपको सुपर १२ को अन्तिम खेलमा भारतले जिम्बावेसँग खेलेको थियो। उक्त खेलमा भारतले जिम्बावेलाई ७१ रनले पराजित गर्दै ठूलो जित हात पारेको थियो ।

यसै क्रममा भारतीय कप्तान रोहित शर्माका एक फ्यान मैदानमा प्रवेश गरे जसको उनले ठूलो मूल्य चुकाउनु परेको थियो । आफ्नो मनपर्ने क्रिकेटरलाई भेट्नका लागि फ्यानले हरेक सिमा तोड्ने गरेको अक्सर देखिएको छ ।

भर्खरै विराट कोहलीको होटेलको कोठाको एउटा भिडियो पनि भाइरल भएको थियो जसमा उनका फ्यानहरु उनको होटलको कोठामा गलत ढंगले पसेका थिए र त्यहाँबाट भिडियो लीक गरेका थिए ।

क्रिकेट मैदानमा पनि कयौंपटक समर्थकले सुरक्षा घेरा तोडेर भित्र पसेको खबर आएको छ । भारत र जिम्बाब्वेबीचको खेलमा पनि यस्तै भएको छ । रोहित शर्माका एक फ्यान खेलको क्रममा क्रिकेट मैदानमा प्रवेश गरेका थिए ।

सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको भिडियोमा यी फ्यान सुरक्षा गार्डबाट भागिरहेका छन र गार्डले उनलाई पछ्याउँदै समात्ने प्रयास गरिरहेको देख्न सकिन्छ । त्यसपछि उनलाई मैदानबाट बाहिर निकालियो ।

अब यी फ्यानले यो कामको भारी क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । वास्तवमा क्रिकेट अष्ट्रेलियाले यस्ता घटना हुन नदिन कडा कदम चालेको हो ।

रिपोर्टका अनुसार यी फ्यानले दर्शकका लागि बनाएको नियम तोडेकोमा १०.४ लाख नेपली रुपैयाँ तिर्नुपर्नेछ । यस खेलमा टस जितेर पहिले ब्याटिङ गर्न लागेको भारतीय टोलीले १५ रन बनाएर रोहित शर्मा आउट भएको थियो ।

केएल राहुलले राम्रो ब्याटिङ गर्दै जारी विश्वकपमा आफ्नो दोस्रो अर्धशतक प्रहार गरेका छन् । यस खेलमा सूर्यकुमारले तुफानी पारि खेल्दै २५ बलमा ६ चौका र चार छक्काको मद्दतमा ६१ रन बनाएका थिए ।

यसरी भारतको स्कोर १८६ पुगेको थियो । लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेको इनिङ्स सुरुदेखि नै कमजोर देखिन थालेको थियो ।

प्रारम्भिक विकेट गुमाएपछि जिम्बाब्वेले टिकाउन नसकेपछि मात्रै ११५ रन बनाएर पूरै टोली आउट भयो र भारतले खेल ७१ रनले जित्यो ।

सम्बाददाता

Leave a Reply

Next Post

श्रीलंकाका क्रिकेट खेलाडी दानुष्का सबै प्रकारका क्रिकेटबाट निलम्बित, यस्तो छ कारण

Mon Nov 7 , 2022
काठमाडौँ । श्रीलंका क्रिकेट बोर्डले आफ्नो राष्ट्रिय टोलीका खेलाडी दानुष्का गुणथिलाकालाई सबै प्रकारका क्रिकेटबाट तत्काल प्रभावकारी रूपमा निलम्बन गरेको छ । श्रीलंकाको टी–२० विश्वकप अभियानका क्रममा अष्ट्रेलियामा एक महिलालाई बलात्कार गरेको आरोपमा गुनाथिलका पक्राउ परेपछि बोर्डले यस्तो निर्णय गरेको हो । ३१ वर्षीया गुणतिल्कालाई आइतबार बिहान पक्राउ गरिएको हो । […]

You May Like

error: