काठमाडौं।
नेपाली क्रिकेट टोलीले घरेलु मैदान टियुमा बलियो टोली युएईसँग तीन ओडिआई खेलको सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँग खेल्ने तीन सिरिजको मिती सार्वजनिक गरेको हो ।
नेपालले कार्तिक २८ गते बाट सिरिज खेल्ने छ। नेपालले पहिलो खेल कार्तिक २८ (नोभेम्बर १४) मा पहिलो खेल खेल्नेछ । नेपालले दोस्रो खेल कार्तिक ३० (नोभेम्बर १६) मा खेल्नेछ ।
खेल मंसिर २ (नोभेम्बर १८) मा खेल्नेछ । सबै खेल टियु मैदानमा बिहान ९ बजे सुरु हुनेछन् । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबिया भ्रमण अघि युएईसँग सिरिज खेल्न लागेको हो ।
नेपालले डिसेम्बरमा नामिबिया भ्रमण गर्नेछ । नेपाल, नामिबिया र स्कटल्यान्डबीच सिरिज हुनेछ । जुन सिरिज डिसेम्बर २ देखि सुरु हुनेछ । नेपाल हाल विश्वकप लिग–२ मा ८ मा जित र ११ मा हार सहित १७ अंकका साथ छैटौं स्थानमा छ ।
ओमान ३६ खेलमा २१ जित र १३ मा हार सहित शीर्ष स्थानमा छ । स्कटल्यान्ड २८ खेलमा १९ मा जित र ७ मा हार सहित ४० अंकका साथ दोस्रो स्थानमा छ ।
अमेरिका ३२ खेलमा १३ मा जित र १६ मा हार सहित तेस्रो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ चौथो स्थानमा छ ।
नामिबिया २२ खेलमा १३ मा जित र ९ हार सहित पाँचौं स्थानमा छ । पपुवा न्युगिनी २४ खेलमा २ मा जितसहित पुछारमा छ । नेपालले अव विश्वकप लिग–२ मा १६ खेल खेल्न बाँकी छ ।
जसमा ८ घरेलु मैदान टियु र ८ विदेशी भूमिमा छन् । विदेशी भूमिमा नामिबिया र पपुवा न्युगिनी हुनेछ । नेपाल शीर्ष तीनमा परे सोझैं एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ ।