सूर्यकुमार यादवले बनाए ठुलो किर्तिमान, बने यो किर्तिमान बनाउने पहिलो भारतीय खेलाडी

काठमाडौँ ।

भारतका स्टार ब्याट्सम्यान सूर्यकुमार यादव उत्कृष्ट लयमा छन् । टी–२० विश्वकप २०२२ मा उनको ब्याटबाट धेरै रन निस्किरहेका छन् । उनले जिम्बाब्वेविरुद्धको खेलमा पनि अर्धशतक बनाएका छन् ।

योसँगै उनले आफ्नो नाममा ठूलो कीर्तिमान बनाएका छन्, जसलाई ठूला ब्याट्सम्यानहरु प्राप्त गर्न चाहन्छन् ।

सूर्यकुमार यादवले बनाएको कीर्तिमान:
आईसीसीको टी–२० वरीयतामा सूर्यकुमार यादव नम्बर एक ब्याट्सम्यान बनेका छन् । जिम्बाब्वे विरुद्ध उनले छिटो ब्याटिङ गर्दै सबैको मन जितेका थिए । उनले मैदानको चारैतिर स्ट्रोक बनाए ।

सूर्यकुमार यादवले २५ बलमा ६ चौका र ४ लामो छक्कासहित ६१ रन बनाए । योसँगै उनले सन् २०२२ मा टी–२० क्रिकेटमा आफ्नो १००० रन पूरा गरेका छन् । उनी टी–२० क्रिकेटमा एक वर्षमा १००० रन बनाउने पहिलो भारतीय खेलाडी हुन् ।

२०२२ को टी–२० विश्वकपमा सूर्यकुमार यादवको ब्याटले धेरै रन फुकिरहेको छन । उनले नेदरल्यान्डविरुद्ध ५१ रन, दक्षिण अफ्रिकाविरुद्ध ६८ रन र अहिले जिम्बावेविरुद्ध ६१ रन बनाएका छन्।

सूर्यकुमार यादवले टी–२० विश्वकप २०२२ को ५ इनिङ्समा २२५ रन बनाएका छन् । सूर्यकुमार यादव पछिल्लो एक वर्षमा भारतका लागि चौथो नम्बरमा सबैभन्दा भरपर्दो ब्याट्सम्यान बनेका छन्।

जब ऊनि आफ्नो लयमा हुन्छन, उनले कुनै पनि बलिङ आक्रमणलाई च्यात्न सक्छन। उनी लामो छक्का प्रहारका लागि चर्चित छन् । उनले भारतका लागि टी–२० क्रिकेटका ३८ खेलमा १२०९ रन बनाएका छन् जसमा एक तुफानी शतक पनि समावेश छ ।

विश्वकप-२०२२ को पहिलो सेमिफाइनल ९ नोभेम्बर र दोस्रो १० नोभेम्बरमा हुनेछ । पहिलो सेमिफाइनल सिड्नी र दोस्रो एडिलेडमा हुनेछ ।

फाइनल १३ नोभेम्बरमा मेलबर्नमा हुनेछ । सेमिफाइनलमा समूह ए को विजेताले समूह बी को विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा समूह ए को उपविजेताले समूह बी को विजेतासँग खेल्नेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

यस्तो छ अब विश्वकपको सेमिफाइनलको खेल समिकरण

Sun Nov 6 , 2022
काठमाडौं। बंगलादेशलाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। पाकिस्तानले अन्तिम ४ मा स्थान बनाएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। अष्ट्रेलियामा जारी आइसिसी टी-२० विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ। आइतबार सुपर १२ का सबै खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने दुवै समूहका शीर्ष २ वटा टोली छानिएका छन्। […]

You May Like

error: