सुर्यकुमार यादवको तूफानी अर्धशतकमा भारतले दियो बलियो रनको लक्ष्य

काठमाडौं।

ओपनर केएल राहुल र मध्यक्रमका ब्याटर सुर्यकुमार यादवको अर्धशतकप्रेरित भारतले आइतबार आइसिसी ट्वान्टी२०विश्वकप क्रिकेटअन्तर्गत सुपर १२ को अन्तिम खेलमा जिम्बाब्वेसामु जितका लागि एक सय ८७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङका लागि आएको भारतले निर्धारित २० ओभरमा विकेट गुमाउँदै एक सय ८६ रनको योगफल खडा गर्यो ।भारतका लागि राहुलले३५ बलमा ३ चौका र ३ छक्कामद्दतमा ५१ रनको योगदान दिए।

सुर्यकुमार यादवले २५ बलमा ६ चौका र ४ छक्कामद्दतमा अविजित ६१ रनको योगदान दिए । त्यस्तै विराट कोहलीले २५ बलमा २ चौकामद्दतमा २६ रन जोडे।जिम्बाब्वेका सेन विलियम्सले २ तथा सिकन्दर राजा र ब्लेसिङ मुजाराबानीले समान १ विकेट लिए ।ग्रुप टु बाट समूह विजेताको रुपमा भारत र उपविजेताको रुपमा पाकिस्तान सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

बंगलादेशलाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। पाकिस्तानले अन्तिम ४ मा स्थान बनाएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ।

आजै हुने भारत र जिम्बाबेको बीचको खेलले समूह विजेताको टुङ्गो लगाउनेछ। समूह बी मा रहेको भारतले यसअघि नै अन्तिम ४ मा स्थान पक्का गरिसकेको छ। बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले निर्धारित १८ ओभर १ बलमा ५ विकेटको क्षतिमा भेट्टायो।

पहिलो विकेटका लागि ओपनर मोहम्मद रिजवान र बाबर अजामले ५७ रनको साझेदारी गरे। रिजवानले ३२ बलमा २ चौका र १ छक्का हान्दै ३२ रन बनाएर पवेलियन फर्के। कप्तान बाबर अजाम ३३ बलमा २ चौका हान्दै २५ रनमा आउट भए। मोहम्मद नजाव ४ रनमा रनआउट भए।

बंगलादेशका नसुम अहमद र इबादोत हुसेनले समान एक विकेट झारे। त्यसअघि एडिलेडस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२७ रनको योगफल तयार पारेको थियो।

दोस्रो विकेटका लागि सौम्य सरकार र नजमुल हुसेन सान्टोले ५२ रनको साझेदारी गरे। सौम्य सरकार २० रनमा पवेलियन फर्किए। ओपनर नाजमुल ५४ रनमा आउट भए। यता समुह ए बाट न्युजिल्याण्ड र इंग्ल्याण्डले अन्तिम चारको यात्रा तय गरिसकेका छन्। समान अंक भएपनि अष्ट्रेलिया नेट रनरेटमा पछि पर्दै बाहिरिएको हो।

सुपर १२ को समूह ए बाट न्युजिल्यान्ड शीर्ष र इंग्ल्यान्ड दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन् । सुपर १२ को अन्तिम खेलमा जिम्बावे र भारतबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको नतिजाले समूह विजेता र उपविजेता निर्धारण गर्नेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

मुस्किलका बाबजुद सेमिफाइनलमा पुगेपछि बाबर आजमले दिए ठुलो बयान

Sun Nov 6 , 2022
काठमाडौँ । बंगलादेशलाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। पाकिस्तानले अन्तिम ४ मा स्थान बनाएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। समूह चरणको अन्तिम खेलमा भारतले जिम्बाबेसँग खेल्दै छ। आजै हुने भारत र जिम्बाबेको बीचको खेलले समूह विजेताको टुङ्गो लगाउनेछ। समूह बी मा रहेको भारतले यसअघि नै […]

You May Like

error: