दक्षिण अफ्रिकामाथि नेदरल्यान्ड्सको किर्तिमानी जित,भारतलाई ठूलो सफलता

काठमाडौं।

जित्नै पर्ने खेलमा नेदरल्याण्डसंग १३ रनले पराजित हुँदा दक्षिण अफ्रीकाको टि-ट्वान्टी विश्वकप सेमीफाइनल पुग्ने सपना टुंगिने पक्का जस्तो भएको छ।अस्ट्रेलियाको एडीलेड ओभमा नेदरल्याण्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले २० ओभर ब्याटिंग गर्दै ८ विकेट क्षेतीमा १४५ रन मात्र बनाउन सक्यो।

जितसंगै नेदरल्याण्ड आगामी २०२४ को विश्वकपमा स्वतः छनोट हुने सम्भावना बढेको छ। नेदरल्याण्ड समुह ‘२’ को शिर्ष-४ भित्र पर्न सके २०२४ विश्वकपमा स्वतः छनोट हुनेछ। आज पाकिस्तान र भारत विजयी भए नेदरल्याण्ड स्वतः २०२४ विश्वकपमा छनोट हुनेछ।

नेदरल्याण्डको जितले एक खेल अगावै भारत समुह ‘२’ बाट सेमीफाइनल पुगेको छ। अन्तिम खेलमा भारतले आज जिम्बाब्वेलाई पराजित गरे समुह विजेताको रुपमा सेमीफाइनल पुग्नेछ। यस्तै बंगलादेश र पाकिस्तानको सेमीफाइनल पुग्ने ढोका खुलेको छ। आज ९:४५ बजे बिहान सुरु हुने पाकिस्तान र बंगलादेश बीचको खेलको विजेता टिम सेमीफाइनल पुग्नेछ। भारत र जिम्बाब्वे बीचको खेल दिउँसो १:४५ बजे हुनेछ।

९० रन बनाउदा ३ विकेट गुमाएको अवस्थाबाट नेदरल्याण्डले पुनरागमन गर्दै लगातार विकेट निकाल्दा दक्षिण दक्षिण अफ्रिकी ब्याट्सम्यानहरु दबाबमा आए। फलस्वरुप दक्षिण अफ्रीका १२०/७ को अवस्थामा पुग्यो।

आठौँ विकेटको लागि केशव महाराज र कागीसो रबाडाले २१ रनको साझेदारी गरेता पनि जित्न पर्याप्त रहेन। राइली रोसुले २५, हेनरिक् क्लासेनले २१ तथा कप्तान तेम्बा बभुमाले २० रन बनाए।नेदरल्याण्ड बलर ब्राण्डन ग्लोभरले ३, फ्रेड क्लासेन र बास डी लिडेले २/२ तथा पल भान मिकीरनले १ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको नेदरल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १५८ रन बनायो।नेदरल्याण्डको लागि कोलिन एंकरम्यानले सर्वाधिक ४१ रन बनाए जुन क्रममा २६ बलमा ३ चौका र २ छक्का प्रहार गरे। ओपनर स्टेफेन माइबर्गले ३७, टम कुपरले ३५, म्याक्स ओ डोडले २९ तथा स्कट एड्वार्ड्सले अविजित १२ रन बनाए।

ओ डोडले माइबर्गसंग ५८ रनको ओपनिंग तथा दोश्रो विकेटको लागि कुपरसग ४१ रनको साझेदारी गरे।दक्षिण अफ्रीकाको बलिंगमा केशव महाराजले २ तथा एनरिक् नोर्किया र एडेन मारक्रमले १/१ विकेट लिए।

यो नतिजासँगै ४ खेलबाट ६ अंक जोडेको भारत सेमिफाइनलमा पुगेको छ । दक्षिण अफ्रिका ५ खेलबाट ५ अंक जोडेर बाहिरिएको छ । यता ४ खेलबाट समान ४ अंक भएका पाकिस्तान र बंगलादेश मध्य एक टोली सेमिफाइनलमा पुग्नेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

बंगलादेशलाई हराउँदै पाकिस्तान विश्वकपको सेमिफाइनलमा

Sun Nov 6 , 2022
काठमाडौं। बंगलादेशलाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। पाकिस्तानले अन्तिम ४ मा स्थान बनाएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। समूह चरणको अन्तिम खेलमा भारतले जिम्बाबेसँग खेल्दै छ। आजै हुने भारत र जिम्बाबेको बीचको खेलले समूह विजेताको टुङ्गो लगाउनेछ। समूह बी मा रहेको भारतले यसअघि नै अन्तिम […]

You May Like

error: