सकियो अदालतमा बहस, सन्दीप लामिछानेलाई कारागारमा राख्न अदालतको आदेश

काठमाडौं ।

बला’त्कार आ’रोपी सन्दीप लामिछानेलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिने भएको छ । जिल्ला अदालत, काठमाडौंले शुक्रबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

आदेशसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्न भनिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

‘त्यही अनुसार उनलाई थुनामा पठाउने तयारी भइरहेको छ’, मैनालीले भने । लामिछानेले ५ भदौमा होटल काठमाडौं इनमा लगेर ब’लात्कार गरेको भन्दै २१ भदौमा एकजना नाबालिकाले प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी दिएकी थिइन् ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध झुटा आरोप लगाइएको दाबी वकिलहरुले गरेका छन् । लामिछाने निर्दोष रहेको दावी उनीहरुको छ ।

वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहसमा बिहीबार बहस गर्दै सन्दीपले ब’लात्कार नगरेको दाबी गरे । साथै आरोप लगाउने व्यक्ति बालिग रहेको उनको पहिलो तथ्य छ । नाबालिग भनेर मुद्धा दायर गर्नु अन्यायपूर्ण भएको उनको जिकिर छ ।

‘सन्दीपले बला’त्कार गरेको भन्ने कुरा मेडिकल रिपोर्टले पुष्टि नगरेको दोस्रो तथ्य वकिलको रहेको छ । घटना भएको भनिएको दिनको अवस्थालेपनि ब’लात्कार पुष्टि नहुने वकिलको तेस्रो तथ्य छ ।

कसैले ब’लात्कार गर्छ भने पी’डित फेरि त्यही मान्छेसँग रातभर सुत्दैन । सन्दीप र आरोप लगाउने व्यक्ति भोलिपल्ट हाँसीखुशी होटलबाट निस्किएको मिसिल संलग्न कागजातबाट देखिन्छ’, बन्द इजलासमा आफूले पेश गरेका तर्कहरु पेस गर्दै श्रेष्ठले भने, ‘दोस्रो कुरा मेडिकल रिपोर्टमा पनि त्यस्तो केही पनि भेटिँदैन ।

यदि सन्दीपले बला’त्कार गरेको भए मेडिकल रिपोर्टमा वी’र्यहरु देखिनु पर्ने थियो । यो’नीमा दुई सातासम्म वी’र्यको अवशेष रहने चिकित्सकहरु बताउँछन् । त्यसमा आरोप लगाउने युवतीले क’न्डम लगाएर बलात्कार गरेको भनेको अवस्था पनि छैन ।

क’न्याजाली च्यातिने कुरा अन्य कारणले पनि हुन्छन् । त्यसो त आरोप लगाउने व्यक्तिको ब्वाई फ्रेन्ड पनि रहेको भन्ने छ ।’ उनले यो विषयमा विभिन्न समयमा भएका फैसलाका नजिरहरु पनि पेस गरिएको बताए ।

वरिष्ठ अधिवक्ता श्रेष्ठले बलात्कारको आरोप लगाउने व्यक्ति नाबालिग नभएको पनि दाबी गरेका छन् । स्थानीय निकाय, बसाई सराईको कागजातदेखि स्कुलसम्ममा लेखाएको जन्ममितिमा २०६१ असार १८ गते जन्ममिति उल्लेख रहेको तर उमेर घटाएर प्रतिलिपि जन्मदर्ता निकालेको र त्यसै आधारमा नागरिकता बनाइएको उनले बताए ।

सम्बाददाता

Leave a Reply

Next Post

विश्वकपमा न्युजिल्याण्डको जितसंगै भारतीय टोलीमा छायो खुसि, यस्तो छ कारण

Fri Nov 4 , 2022
काठमाडौँ । न्युजिल्याण्डले टी–२० विश्वकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । टी–२० विश्वकपको आजको खेलमा किवी टोलीले आयरल्याण्डलाई ३५ रनले पराजित गरेको हो । समूह–१ मा टोलीको यो तेस्रो जित हो र ७ अंकसहित अंक तालिकाको नम्बर १ मा छ । पहिले खेल्दै न्युजिल्याण्डले कप्तान केन विलियम्सनको अर्धशतकीय मद्दतमा ६ […]

You May Like

error: