सन्दीपले वकिलमाथि पैसाको वर्षा गर्दै ,नेपालकै टप वकिल सन्दीपको पक्षमा

काठमाडौं।

बला’त्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज (शुक्रबार) पनि थुनछेक बहस हुने भएको छ । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो । प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार आठ अधिवक्ताले बहस गरेका छन् ।

कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर’जस्ती कर’णीको मुद्दामा मंगलबारबाट बयान शुरु भएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस बिहीबार पनि नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा बिहीबार पनि अन्य सबै पेसी स्थगित गराएर सन्दीपको मुद्दामा मात्रै बहस भएको थियो । बिहीबारको बहसमा वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, लवकुमार मैनाली, कृष्णप्रसाद सापकोटा तथा सबिता बराल भण्डारी तथा अधिवक्ताहरु सुवास पाठक, सुधार रिजाल, प्रविन सुवेदी र अनुराग सुवेदीले बहस सकेका थिए । थुनछेक बहसमा अझै केही अधिवक्ताहरु बाँकी रहेको काठमाडौं जिल्ला अदालत स्रोतले बताएको छ ।

बहसका क्रममा प्रतिवादीतर्फका वकिलले पीडित किशोरीको उमेर १८ वर्ष पुगिसकेको भन्दै प्रमाण पेश गरेको दावी गरेका छन् । प्रतिवादीका तर्फबाट किशोरीको जन्म मिति २०६१ जेठ १८ गते रहेको विद्यालयको कागजात पेश गरिएको बताएका छन् ।

जवाफी बहस सकिएपछि अदालतबाट सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउनेछ ।सन्दीपले श्रेष्ठसहित हाइप्रोफाइलका वकिलहरुको बलियो टीम बनाएका छन् ।वरिष्ठ अधिवक्ताहरु लभ मैनाली, कृष्ण सापकोटा र सरीता भण्डारीले सन्दीपको पक्षबाट बहस गर्नेछन् । यसैगरी मुरारी सापकोटा र सरोज घिमिरे पनि टीममा छन् ।

यसअघि सुरुदेखि सन्दीपलाई सरोज घिमिरेले कानूनी सहयोग गर्दै आएका थिए । सन्दीपलाई म्याद थप गर्न अदालत लगिँदा घिमिरे र अर्की अधिवक्ता सुधा रिजालले बहस गरेका थिए । तर, रिजालले सञ्चारकर्मीसँग विवादित अभिव्यक्ति दिएपछि उनलाई सन्दीपको परिवारले टीममा राख्न चाहेको छैन ।

रिजालले सुरुमै सन्दीपको सहमति लिएर वकालतनामा लेखाएकी थिइन् । तर, अहिले सन्दीपका परिवारजनले उनलाई आफ्नो फि लिएर मुद्दा छोड्न अनुरोध गरेको बुझिएको छ ।यसैगरी घिमिरे पनि तत्काल बहसमा उपलब्ध नहुने भएका छन्।

अनुभवी र खारिएका वकिलहरु हायर गर्न सन्दीपले मोटो रकम खर्च गर्नुपरेको छ । सन्दीपका लागि वकिलहरुको चाँजोपाँजो र आर्थिक व्यवस्थापनको काम उनका दाजुले गरिरहेका छन् । सन्दीपका बुवाआमा भने चितवनमै छन् । स्वास्थ्य अवस्था राम्रो नभएकाले उनीहरु प्रायः छोरीको घरमा बसिरहेका छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

अर्जुन साउदले टियु मैदानमा गरे चौका चौकाको वर्षा,पूर्व टिम विरूद्ध बनाए अर्धसतक

Fri Nov 4 , 2022
काठमाडौं। पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आज शुक्रबार दुई खेल चलिरहेका छन् ।टियु क्रिकेट मैदानमा भएको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशमाथि  त्रिभुवन आर्मी क्लबमा अर्जुन साउदले अर्धसतक प्रहार गरेको छ।उनले आफ्नो पूर्व टोली सुदुरपश्चिम प्रदेशमाथि अर्धशतक प्रहार गरेको छ। अर्जुन साउदले आज ७३ बलमा ७३ रन बनाए आउट भएका छन्।भने […]

You May Like

error: