टी-२० विश्वकपमा पाकिस्तान बाहिरिएकै हो?

काठमाडौं।

अष्ट्रेलियामा जारी टी-२० पुरूष विश्वकप क्रिकेट प्रतियोगिताको सुपर १२ अन्तर्गत आज पाकिस्तान र दक्षिण अफ्रिका भिड्दैछन्।दुबै टोलीका लागि आजको खेल महत्वपूर्ण रहेको छ। यदि आजको खेलमा दक्षिण अफ्रिका विजयी भए एक खेल अगावै सेमिफाइनलमा पुग्नेछ। पाकिस्तान विजयी भएको खण्डमा पनि अन्तिम खेलमा नेदरल्याण्डलाई हराएमा दक्षिण अफ्रिका अन्तिम चारमा प्रवेश गर्नेछ।

तर आजको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई फराकिलो अन्तरमा हराउनुका साथै अन्तिम खेलमा बंगालदेशविरूद्ध पनि सोही नजिता निकाले सेमिफाइनलको सम्भावना कायमै रहन्छ।बुधबार एडिलेडमा बंगलादेशविरूद्ध भारतको जितसँगै पाकिस्तानका लागि सेमिफाइनलको यात्रा निकै कठिन भएको छ।

आज दक्षिण अफ्रिकासँग हारेको अवस्थामा पाकिस्तान प्रतियोगिताबाट बाहिरिने छ। तर लगातार दुई खेल जितेर ६ अंक जोडेमा गणितीय सम्भावना कायमै रहन्छ।यदि भारतले आफ्नो अन्तिम खेल जित्यो भने सेमिफाइनलमा पुग्नेछ। तर दुवै खेल जितेर ६ अंक जोडेको पाकिस्तानले दक्षिण अफ्रिका र नेदरल्याण्डको खेलमा भर पर्नु पर्नेछ।

यदि नेदरल्याण्डमाथि जित निकाले दक्षिण अफ्रिका पनि सेमिफाइनलमा प्रवेश गर्नेछ भने हार भएको खण्डमा भारतसँगै पाकिस्तान पनि अन्तिम चारमा प्रवेश गर्नेछ। तर वर्षाले खेल रद्ध भएको अवस्थामा पाकिस्तान र दक्षिण अफ्रिकाको समान ६-६ अंक भएर राम्रो रन रेट निकाल्ने टोली सेमिफाइनलमा पुग्नेछ।

समग्रमा, दक्षिण अफ्रिका र भारतलाई सेमिफाइनलमा सहज छ। तर पाकिस्तान र बंगलादेशको झिनो आशा कायमै छ।यो समूहबाट कुन-कुन दुई टोली सेमिफाइनल पुग्ने हुन् त्यसको अन्तिम निर्णय नोभेम्बर ६ अर्थात आइतबार मात्र हुनेछ।

कुन टोलीको सम्भावना कस्तो?
भारत
समूह २ को शीर्ष स्थानमा रहेको भारतले अन्तिम खेलमा जिम्बावेलाई हराएमा ८ अंक जोड्दै सेमिफाइनलमा प्रवेश गर्नेछ।

दक्षिण अफ्रिका
समूहमा अपराजित रहेको दक्षिण अफ्रिका सेमिफाइनलको सबैभन्दा बलियो दाबेदार हो। दुई खेल खेल्न बाँकी रहेको अवस्थामा आज पाकिस्तानलाई हराए अन्तिम चारमा एक खेल अगावै पुग्नेछ। तर पाकिस्तानसँग हारे पनि अन्तिम खेलमा नेदरल्याण्ड्सलाई हराए पनि सेमिफाइनलमा पुग्नेछ।

बंगलादेश
अन्तिम खेलमा पाकिस्तानलाई हराएमा सेमिफाइनल प्रवेशको सम्भावना कायमै रहन्छ। तर अन्य टोलीमा भर पर्नुपर्नेछ। यदि आज पाकिस्तान हारेको खण्डमा र अन्तिम खेलमा भारत जिम्बावेसँग हारेमा बंगलादेश सेमिफाइनलमा पुग्नेछ।

पाकिस्तान
समूहमा ३ खेल खेलेको पाकिस्तानको २ अंक मात्र छ। अब दुई खेल जितेर मात्र पाकिस्तानलाई पुग्दैन । अन्य खेलको नतिजा आफू अनुकुल आउनुपर्छ। अर्थात अन्तिम खेलमा भारत र दक्षिण अफ्रिका हारेको खण्डमा मात्र पाकिस्तान सेमिफाइनलमा पुग्नेछ। यस्तो अवस्थामा भारत, पाकिस्तानको समान ६-६ अंक हुनेछ। यदि अन्तिम खेलमा भारतले हारेमा र दक्षिण अफ्रिकाले जितेमा राम्रो रनरेटका आधारमा भारत र पाकिस्तानमध्ये एक टोली सेमिफाइनलमा पुग्नेछन्। तर दक्षिण अफ्रिका लगातार दुबै खेलमा हारेको खण्डमा भारत र पाकिस्तान अन्तिम चारमा पुग्नेछन्।

जिम्बावे र नेदरल्याण्डको सेमिफाइनल प्रवेश सम्भावना लगभग सकिएको छ। जिम्बावेले अन्तिम खेलमा भारतलाई हराए पनि अरू राष्ट्रलाई मात्र सहज हुने हो। यस्तै नेदरल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदा पनि अन्य राष्ट्रलाई नै सहज हुने हो।

यस्तो छ अंक तालिका

सम्बाददाता

Leave a Reply

Next Post

विराट कोहलीमाथि ‘नक्कली फिल्डिङ’ को आरोप, अम्पायरले कारबाही गरे जित्ने थियो बंगलादेश

Thu Nov 3 , 2022
काठमाडौँ । टी–२० विश्वकपमा भारतको उत्कृष्ट प्रदर्शन जारी छ । बुधबार नोभेम्बर २ मा भएको खेलमा टिम इन्डियाले बंगलादेशलाई पराजित गरेको हो । यो रोमाञ्चक खेलमा भारतीय टोली डकवर्थ लुइस नियम अनुसार ५ रनले विजयी भएको थियो । योसँगै टोलीले सेमिफाइनलमा स्थान लगभग पक्का गरिसकेको छ । तर, यो खेलमा […]

You May Like

error: