काठमाडौँ ।
टी–२० विश्वकपमा तेस्रो जित हात पार्दै भारतीय टोली सेमिफाइनलको लागि अगाडी बढेको छ । टी–२० विश्वकपको आजको खेलमा भारतले बंगलादेशलाई डकवर्थ लुइस नियमअनुसार ५ रनले पराजित गरेको छ ।
विराट कोहलीको अर्धशतकीय खेलमा भारतले ६ विकेटमा १८४ रन बनाएको थियो । जवाफमा बंगलादेशले तीव्र गतिमा सुरुआत गर्यो। ७ ओभरमा बिना विकेट ६६ रन थियो ।
लिटन दास अर्धशतक बनाएर खेलिरहेका थिए । तर त्यसपछि वर्षाका कारण खेल रोकिएको थियो । खेल फेरि सुरु हुँदा बंगलादेशले डकवर्थ लुइस नियम अनुसार १६ ओभरमा १५१ रनको लक्ष्य दिएको थियो । तर ६ विकेट गुमाएर मात्र १४५ रन बनाउन सक्यो ।
सुपर–१२ को समूह–२ को बारेमा कुरा गर्दा भारतको ४ खेलमा यो तेस्रो जित हो । जितसँगै टोली तालिकाको पहिलो स्थानमा पुगेको छ । दक्षिण अफ्रिकाको ३ खेलमा ५ अंक छ र पहिलोबाट दोस्रो स्थानमा पुगेको छ ।
भारतको यो जितपछि ट्विटरमा फेरि एकपटक ‘चिटिंग’ ह्यासट्याग ट्रेन्डिङ भइरहेको छ । बंगलादेश र पाकिस्तान क्रिकेट टिमका फ्यानहरुले एकपटक फेरि टिम इन्डियालाई चिटिंग गरेको आरोप लगाएका छन् ।
यस कारण सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ बबाल:
वास्तवमा यो खेलमा टीम इन्डियाले २० ओभरको ब्याटिङ गरेको थियो तर बंगलादेशको इनिङ्सको दौरान वर्षाका कारण यो म्याच १६ ओभरको भयो ।
बंगलादेश र पाकिस्तान क्रिकेट टोलीका फ्यानहरूले अहिले भिजेको आउटफिल्डको बाबजुद खेल पुनः सुरु गरेर अम्पायरहरूले टीम इन्डियाको पक्षमा रहेको आरोप लगाएका छन्।
भारत र बंगलादेशबीचको खेल वर्षाका कारण रद्द भएको थियो । अवरोधको समयमा, बंगलादेशले सात ओभरमा ६६-० थियो, लिटन दासले २६ बलमा अविजित ५९ रन बनाएका थिए। जसमा सात चौका र तीन छक्का समावेश थिए।
उनले २२६.९ को स्ट्राइक रेटमा रन बनाएका थिए। तर वर्षापछि भारतीय बलरले उत्कृष्ट प्रदर्शन गर्दै जित दर्ता गराए । यो खेलपछि बंगलादेश र पाकिस्तानका फ्यानहरूले सामाजिक सञ्जाल मार्फत चिटिंग गरेको भन्दै आफ्नो निराशा पोखेका छन् ।
अन्तिम ९ ओभरमा बंगलादेशको टोलीलाई जितका लागि ८५ रन आवश्यक थियो र टोलीको १० विकेट पनि बाँकी थियो । तर आठौं ओभरमा लिटन दास रनआउट भएपछि यो खेल पूरै परिवर्तन भयो । भारतका हार्दिक पाण्ड्या र अर्शदीप सिंहले २–२ विकेट लिए भने मोहम्मद शामीले १ विकेट लिए ।