केन विलियम्सनले गरे खेलमा ठूलो गल्ती, पहिला लिए क्याच अनि मागे माफी

काठमाडौँ ।

टी–२० विश्वकप क्रिकेटमा हिजोन्युजिल्यान्ड र इंग्ल्याण्डबीचको खेलमा इंग्ल्याण्ड विजयी भएको छ । उनको यो जितमा कप्तान जोस बटलरको ठूलो हात थियो ।

यद्यपी एक अवसर यस्तो आयो जब बटलरलाई मैदानमा रहेका अम्पायरहरूले आउट घोषित गरे र उनी मैदानबाट फर्केर हिँड्न थाले तर केही यस्तो भयो कि न्युजिल्यान्डका कप्तान केन विलियम्सन आफैंले यसका लागि माफी मागे ।

वास्तवमा यो खेलमा इंग्ल्याण्डले पहिले ब्याटिङ गरिरहेको थियो । खेलको छैटौं ओभर मिचेल सान्टनरले बलिंग गर्दै थिए । ओभरको तेस्रो बलमा बटलरले शट खेले। बल एक्स्ट्रा कभरतर्फ सिधै हावामा गयो र त्यहाँ रहेका केन विलियम्सनले डाइभ जस्तै दौडँदै बललाई क्याच गरे।

सबैले सोचे कि त्यो बल क्याच क्याच भएको थियो। तर, कन्फर्मेसनका लागि मैदानमा रहेका अम्पायरहरूले तेस्रो अम्पायरको सहयोग लिए र नरम संकेत दिए । बटलरले पनि आफू आउट भएको महसुस गरेपछि उनी पनि मैदानबाट बाहिर जान हिँड्न थालिसकेका थिए ।

तर रिप्लेले विलियम्सनको हातबाट बल खसेको र विलियमसनले हातमा समातेर भुइँमा खसेको देखिन पुग्यो। रिप्लेका आधारमा जोस बटलरलाई नटआउट घोषित गरिएको थियो ।

यसै क्रममा केन विलियम्सनले पनि रिप्ले हेरेर आफ्नो गल्ती महसुस गरे र उनले खेलको भावनालाई माथि राख्दै यो अपीलको लागि जोस बटलरसँग माफी मागे। क्याच यति नजिक र छिटो थियो कि विलियमसनले के भयो बुझ्न सकेनन्।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । खेलपछि विलियम्सनले यो क्याचको बारेमा भनेका थिए, ‘हामीले यस्तो गर्नुहुदैन किनभने यसको लागि धेरै ठुलो सजाय भोग्नुपर्ने हुनसक्छ।

उनले ठूलो खेलमा इंग्ल्याण्डका लागि उत्कृष्ट इनिङ्स खेलेका थिए । मलाई बटलरको क्याच छातीमा समातेको महसुस भयो। मैले रिप्लेमा देखेको अन्तमा यो लज्जास्पद थियो।

सम्बाददाता

Leave a Reply

Next Post

बंगलादेशले ७ वर्षअघि एडिलेड मैदानमै उल्टाएको थियो खेल, भारतीय टोलीलाई सजग हुनु जरुरि

Wed Nov 2 , 2022
काठमाडौँ  । टी–२० विश्वकपमा आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा नेदरल्याण्ड्सले जिम्बावेसँग खेल्नेछ भने दोस्रो खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । यी दुवै खेल एडिलेडमा हुनेछ, जहाँ मौसम खराब छ। पल पल मौषमको मनस्थिति बदलिरहेको छ । यी दुवै खेलमा वर्षाको सम्भावना छ । भारत र बंगलादेशबीचको […]

You May Like

error: