आज बंगलादेश बिरुद्द भिड्दै भारत, सेमिफाइनलमा जान जित्ने पर्ने दबाब

काठमाडौँ  ।

भारत र बंगलादेशबीचको खेल नोभेम्बर २ मा एडिलेडको ओभलमा हुदैछ । यो खेल जितेर भारत सेमिफाइनलको टिकट काट्न चाहन्छ । यो भारतीय टोलीका लागि गर या मरको खेल हो ।

गएको खेलमा भारत दक्षिण अफ्रिकासँग ५ विकेटले पराजित भएको थियो । यस्तो अवस्थामा भारतीय कप्तान रोहित शर्माले बंगलादेशविरुद्धको प्लेइङ इलेभेनमा ठूलो परिवर्तन गर्न सक्छन् ।

२०२२ को टी–२० विश्वकपमा केएल राहुलले आफ्नो नामअनुसार प्रदर्शन गर्न सकेका छैनन् । उनको ब्याटबाट एउटा ठूलो इनिङ पनि आएको छैन । योसँगै कप्तान रोहित शर्माले नेदरल्यान्ड्स विरुद्ध उत्कृष्ट ५३ रन बनाएका थिए ।

फ्लप भएपनि पत्रकार सम्मेलनमा प्रशिक्षक राहुल द्रविडले रोहितसँग केएल राहुलले मात्र ओपन गर्ने बताएका छन् । यी दुवै ब्याट्सम्यान ठूलो इनिङ्स खेल्न माहिर छन् ।

विगत एक दशकदेखि स्टार ब्याट्सम्यान विराट कोहली तेस्रो नम्बरमा भारतका लागि सबैभन्दा भरपर्दो ब्याट्सम्यानको रूपमा उभिएका छन्। उनले टीम इन्डियाका लागि धेरै खेलहरु आफ्नै बलमा जिताएका छन् ।

जब ऊनि आफ्नो लयमा हुन्छन, उसले कुनै पनि बलिङ आक्रमणलाई च्यात्न सक्छन। उनी अहिले टी–२० विश्वकपमा उत्कृष्ट लयमा छन् । उनले पाकिस्तान र नेदरल्याण्डविरुद्ध उत्कृष्ट अर्धशतक पनि बनाएका छन् ।

यस्तो हुन सक्छ मध्यक्रम:
स्टार ब्याट्सम्यान सूर्यकुमार यादवले चौथो नम्बरमा मौका पाउन सक्छन् । उनले आफ्नो खतरनाक ब्याटिङले सबैको मन जितेका छन् । उनले दक्षिण अफ्रिकाविरुद्ध ६८ रनको इनिङ खेलेका थिए ।

अलराउन्डर हार्दिक पाण्ड्याले पाँचौं नम्बरमा मौका पाउन सक्छन्। उनी कडा ब्याटिङ र किलर बलिङमा माहिर छन्। विकेटकिपरको जिम्मेवारी ऋषभ पन्तलाई सुम्पिन सकिन्छ । दक्षिण अफ्रिकाविरुद्धको खेलमा दिनेश कार्तिक घाइते भएका थिए ।

भुवनेश्वर कुमारले फास्ट बलिङ आक्रमणको नेतृत्व गर्नेछन्। अर्शदीप सिंह र मोहम्मद शामीले उनलाई साथ दिने मौका पाउन सक्छन्। अर्शदीप सिंह टी-२० विश्वकपमा उत्कृष्ट खेल देखाउँदै छन् र यी निकै किफायती साबित भएका छन् ।

यी दुई खेलाडी हुन सक्छन् आउट :
दक्षिण अफ्रिकाविरुद्ध रविचन्द्रन आश्विन निकै महँगो साबित भएका छन् । उनले चार ओभरमा ४३ रन दिएका थिए। यस्तो अवस्थामा उनको स्थानमा युजवेन्द्र चहललाई समावेश गर्न सकिन्छ । योसँगै दीपक हुड्डाको स्थानमा अक्षर पटेललाई मौका मिल्न सक्छ ।

बंगलादेशविरुद्ध भारतको सम्भावित प्लेइङ ११: रोहित शर्मा (कप्तान), केएल राहुल, विराट कोहली, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, ऋषभ पन्त, भुवनेश्वर कुमार, अर्शदीप सिंह, मोहम्मद शामी, युजवेन्द्र चहल, अक्षर पटेल।

सम्बाददाता

Leave a Reply

Next Post

सन्दीप निर्दोष हुनसक्ने बलियो प्रमाण फेला

Wed Nov 2 , 2022
काठमाडौं। ग्लोबल क्रिकेट स्टार सन्दीप लामिछाने अहिले अनु’सन्धानका लागी भनेर हिरा’सतमा छन् । उनी नि’र्दोष छन् या बला’त्कार गरेकै हो यो केही हदसम्म अनुमान लगाउँन सक्नुहुन्छ तर सम्मानित अदालतको फैसला पनि कुर्नैपर्नेछ । सरसरती हेर्दा सन्दीपको केस प्री प्लाण्ड पनि छ जस्तो देखिन्छ । यसका केही प्रमाणहरु आज हामी यहाँसमझ […]

You May Like

error: