पाकिस्तानसँग मैत्रीपूर्णको लागि नेपाली टिमको घोषणा,किरणसही यी खेलाडीले पाए मौका

काठमाडौं।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेका छन् ।कटुवालले मंगलबार पहिलो चरणको प्रशिक्षणमा ३० खेलाडी डाकेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपालले कात्तिक ३० गते पाकिस्तानसँग दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछ । एन्फाले मैत्रीपूर्णका लागि मुख्य प्रशिक्षकमा कटुवाललाई नियुक्त गरेको थियो । टिमको प्रशिक्षण बुधबारदेखि एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।एन्फाले मंगलबार मैत्रीपूर्णका लागि कटुवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिईएको जनाएको छ ।

एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले कटुवाललाई नियुक्ति पत्र दिएका थिए । कटुवालले मछिन्द्र फुटबल क्लबलाई ए डिभिजन लिगको उपाधि जितेका छन् । नेपालले नोभेम्बर १६ (कात्तिक ३०) मा पाकिस्तानसँग दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछ ।

मैत्रीपूर्ण खेल साँझ ५ बजे हुने एन्फाले जनाएको छ ।फिफाको निलम्बन फुकुवासँगै आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तान नेपाल आउन लागेको हो ।निलम्बन फुकुवापछि पाकिस्तानको सिनियर पुरुष टिमको यो पहिलो अन्तराष्ट्रिय खेल हो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीना दिएपछि नेपाल नियमित मुख्य प्रशिक्षक विहीन रहदै आएको छ ।यस अघि बंगलादेशविरुद्धको मैत्रीपूर्णमा प्रदिप हुमागाईले टिम हेरेका थिए ।

पाकिस्तान मैत्रीपूर्ण खेलका लागि बोलाइएका खेलाडीहरुको सुचीः

गोलकीपर

किरण चेम्जोङ , विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ

विकास खवास, विकास तामाङ, सेसेहाङ आङ्देम्बे, नवयुग श्रेष्ठ, तेज तामाङ, आभास लामिछाने, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी ।

गौतम श्रेष्ठ, देवेन्द्र तामाङ, रञ्जित धिमाल, पुजन उपरकोटी, सुदीप गुरुङ, सुरज जेउ ठकुरी, सुजल श्रेष्ठ, अरिक विष्ट, विमल घर्ती मगर, अञ्जन विष्ट, मनिष डाँगी, सुनिल बल, आशिष चौधरी, ऋतिक खड्का, आयुष घलान, संजो घलान ,निशान खड्का

सम्बाददाता

Leave a Reply

Next Post

नेपालसँग खेल्नु अघि बंगलादेशले गर्यो गोलको वर्षा

Tue Nov 1 , 2022
काठमाडौं। आयोजक बंगलादेशले यू-१५ महिला साफ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ ।ढाकामा मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ८-० गोल अन्तरले हराउँदै बंगलादेशले सुखद सुरुआत गरेको हो । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।नेपालले बिहीबार भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको […]

You May Like

error: