एन्फाले गर्यो फुटबल टोलीमा नयाँ मुख्य प्रशिक्षकलाई नियुक्त

काठमाडौं।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।एन्फाले मंगलबार मैत्रीपूर्णका लागि कटुवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिईएको जनाएको छ ।

एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले कटुवाललाई नियुक्ति पत्र दिएका थिए । कटुवालले मछिन्द्र फुटबल क्लबलाई ए डिभिजन लिगको उपाधि जितेका छन् । नेपालले नोभेम्बर १६ (कात्तिक ३०) मा पाकिस्तानसँग दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछ ।

मैत्रीपूर्ण खेल साँझ ५ बजे हुने एन्फाले जनाएको छ ।फिफाको निलम्बन फुकुवासँगै आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तान नेपाल आउन लागेको हो ।निलम्बन फुकुवापछि पाकिस्तानको सिनियर पुरुष टिमको यो पहिलो अन्तराष्ट्रिय खेल हो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीना दिएपछि नेपाल नियमित मुख्य प्रशिक्षक विहीन रहदै आएको छ ।यस अघि बंगलादेशविरुद्धको मैत्रीपूर्णमा प्रदिप हुमागाईले टिम हेरेका थिए ।

राष्ट्रिय टोलीकी गीतालाई भारतमा ठूलो सफलता

नेपाल राष्ट्रिय फुटबल टोलीकी रक्षकर गीता राना भारतीय महिला लिग (आइलिग) क्लब सेथु एफसीसँग अनुबन्ध भएकी छिन् ।सेथुले आगामी सिजनका लागि गीतासँग सम्झौता गरेको हो । अघिल्लो दिनमात्रै नेपाली राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले सेथुसँग सम्झौता गरेकी थिइन ।

दुवै खेलाडीले भारतीय लिगको क्लबसँग एक वर्षको सम्झौता गरेका छन् । क्लबले सम्झौता रकम भने गोप्य राखेको छ । बर्दिया जिल्लाकी गीता र पाँचथरकी एन्जिला दुवैका लागि आइलिग खेल्ने यो पहिलो अवसर हो ।

एन्जिलाको कप्तानीमा नेपालले गत महिना काठमाडौंमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै पहिलो पटक फाइनलमा प्रवेश गरेको थियो । नेपाली महिला टोलीले साफ च्याम्पियनसिपमा भारतमाथि जित हासिल गरेको त्यो पहिलो अवसर थियो । यद्यपि, पाँचौ पटक फाइनल खेल्दा नेपाल बंगलादेशसँग स्तब्ध हुँदै घरेलु मैदानमा उपाधिबाट वञ्चित भयो ।

सम्झौतासँगै सेथुले एन्जिला र गीताको आउजाउ गर्ने हवाई खर्च बेहोर्ने छ भने अवश्यक ‘किट’ उपलब्ध गराउने छ । यस्तै, राष्ट्रिय टोलीको खेल परेको समयमा छुट्टि दिनेछ । सेथु सन् २०१८-१९ को आइलिग च्याम्पियन टोली हो ।

सन् २०२१-२२ मा भने सेथु उपविजेतामा सिमित भएको थियो । सेथुले पहिलो पटक लिग उपाधि जित्दा नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतको टोलीलाई साथ थियो । त्यतिबेला दुवैले प्रभावशाली प्रदर्शन गरेका थिए ।

यसपछि सावित्रा गोकुलम केरेलामा अनुबन्ध हुँदा अनिता सेथुमै रहिन् ।यसअघि एन्जिला र गीता सहित सुरु लिम्बू र अनिता केसीले पाकिस्तान महिला लिग खेलेका थिए ।

भारतीय आई लिग क्लब सेथु एफसीले राष्ट्रिय महिला टिमकी कप्तान एन्जिलालाई एक सिजनका लागि क्लबमा अनुबन्ध गरेको छ ।क्लबसँग निरन्तर छलफलमा रहेकी एन्जिलाको शुक्रबार मात्र क्लबसँग औपचारिक सम्झौता टुङ्गिएको हो । उनले क्लबसँग करिब ९ महिनाको सम्झौता गरेकी छिन् । ‘सम्झौता करिब ९ महिना जतिको छ ।

सम्बाददाता

Leave a Reply

Next Post

इंग्ल्यान्डको जितसंगै समुह १ को अंकतालिका बन्यो रोमाञ्चक, अष्ट्रेलिया ठूलो समस्यामा

Tue Nov 1 , 2022
काठमाडौँ । टी–२० विश्वकप २०२२ को सुपर १२ खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई २० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको इंग्ल्याण्डले न्यूजिल्याण्डलाई १ सय ८० रनको लक्ष्य दिएको थियो । जवाफमा न्युजिल्यान्डको टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५९ रन मात्रै बनाउन सफल भयो । टी–२० विश्वकपमा ग्लेन […]

You May Like

error: