काठमाडौं।
भारतीय टोलीका ओपनर केएल राहुलका लागि अष्ट्रेलियामा जारी टी–२० विश्वकप अहिलेसम्म दुःस्वप्नभन्दा कम रहेन । केएल राहुल पहिलो तीन खेलमा राम्रो प्रदर्शन गर्ने सकेका छैनन्। उनले पहिलो तीन खेलमा २२ रन मात्र बनाएका छन् । भारतका लागि सबैभन्दा ठूलो समस्या उपकप्तान राहुलको फर्म हो।भारतले भोलि बंगलादेश विरुद्ध खेल्दै छ।
त्यस अघि यो विश्वकपमा शानदार कमब्याक गरिरहेका महान ब्याट्सम्यान विराट कोहलीले बंगलादेशविरुद्धको महत्वपूर्ण खेलअघि उनलाई ब्याटिङ टिप्स दिएका छन् ।सोसल मिडिया तर एक वरिष्ठ पत्रकारले आफ्नो अफिसियल अकाउन्टमा एउटा भिडियो अपलोड गरेका थिए।जसमा विराट कोहली अभ्यास सत्रमा केएल राहुललाई ब्याटिङ टिप्स दिइरहेका थिए। यस क्रममा उनीसँगै भारतीय टिमका ब्याटिङ कोच विक्रम राठौर पनि थिए ।
विराट कोहलीले दिएको ब्याटिङ टिप्स राहुललाई कत्तिको उपयोगी हुन्छ, त्यो भने भोलिको खेलमा नै थाहा हुन्छ तर केएल राहुल अहिले जुन फर्मबाट गुज्रिरहेका छन्, त्यसले भोलिको खेलमा खेल्न मुस्किल पर्ने देखिन्छ ।
क्रिकेट जगतदेखि सामाजिक सञ्जालसम्म केएल राहुलको खराब ब्याटिङलाई लिएर टीम इण्डियाका फ्यानबीच लगातार चर्चा भइरहेको छ । यस्तो अवस्थामा राहुलको स्थानमा विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई मौका दिनुपर्ने सबैको माग छ, जसले टोलीमा स्थिरता पनि देखाउन सक्छ ।
भारत र बंगलादेशबीचको महत्वपूर्ण खेल भोलि एडिलेडको ओभल मैदानमा हुनेछ । टीम इण्डिया हाल ४ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ । यदि भारतीय टोलीले भोलिको खेल जित्यो भने सेमिफाइनलको बाटो सहज हुनेछ ।
टी–२० विश्वकप क्रिकेटमा आइतबार भएको खेलमा दक्षिण अफ्रिकाले भारतीय क्रिकेट टोलीलाई ५ विकेटले पराजित गरेको छ । यो सिजनमा भारतीय टोलीको पहिलो हार हो ।टेम्बा बाभुमाको नेतृत्वमा रहेको टोली दक्षिण अफ्रिकाको सेमिफाइनलमा पुग्ने लगभग निश्चित छ । उनले ३ खेलबाट ५ अंक जोडेका छन् भने २.७७२ को नेट रन रेट पनि छ । उनले पाकिस्तान र नेदरल्याण्डसँग एक–एक खेल खेल्न बाकी छ ।
यी दुई मध्ये एउटा खेल जित्दा पनि दक्षिण अफ्रिकाको सात अंक हुनेछ, जसले सेमिफाइनलमा आफ्नो स्थान पक्का गर्नेछ। बंगलादेश र जिम्बाब्वेले बाँकी दुवै खेल जितेमा क्रमशः ८ र ७ अंक प्राप्त गर्नेछन् । अझै, दक्षिण अफ्रिकाको नेट रन रेट उनीहरूलाई अगाडि लैजान पर्याप्त हुनुपर्छ।