काठमाडौँ ।
जबर्जस्ति करणीको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आफू २-३ वर्षमा विवाह गर्ने तयारीमा रहेको बताएका छन्। आरोप लगाउने किशो’रीसँग होटलमा कुराकानी हुँदा आफू आउने १-२ वर्षमा विवाह गर्ने तयारीमा रहेको बताएका हुन्।
उनले आफुहरु होटल काठमाडौं इनमा पुगेपछि कुराकानी गर्नका लागी कुर्सिमा बसेको र उनले कोठाको ढोका लगाई भित्रबाट लक गरेको बताएका छन् । होटलमा पुगेपछि किशो’रीले नै ढोका लक गरेको सन्दिपको भनाई छ।
सन्दीपले ढोका लका भएपछि आफू कुर्सिमा बसेको र किशोरी बेडमा बसेको सन्दीपले बताए। त्यसपछि आफू कुराकानीकै बीचमा म फ्रेस हुनका लागि बाथरुम गई पुनः कुर्सिमा आई बसेको बताए।त्यसपश्चात खेल जीवनका बारेमा निजसँग कुराकानी भएको उनको भनाई छ। कुराकानीका क्रममा आफूले आफ्नो प्रेमिका रहेको बताएको लामिछानेको बयान छ।
बयानमा उनले भनेका छन्,“ मैले किन ढोका लक गरेको भन्दा केही हुँदैन, ‘इट्स ओके’ भन्दै जवाफ फर्काइन् । मैले यो कुरालाई सामान्य रुपमा लिएर कुर्सिमा बसि रहेँ भने निज बेडमा बसिन् र कुराकानीकै बीचमा म फ्रेस हुनका लागि बाथरुम गई पुनः कुर्सिमा आई बसें । त्यसपश्चात खेल जीवनका बारेमा निजसँग कुराकानी भएको थियो । सोही क्रममा मेरो व्यक्तिगत जीवनको बारेमा कुरा गर्दा मैले मेरो गर्ल फ्रेन्ड रहेको र १–२ वर्षमा विवाह गर्ने योजना बनाएको कुरासमेत गरेको थिएँ ।”
क्रिकेटर सन्दीप लामिछानेले केन्या गएको दिनसम्म पनि आफूमाथि आरोप लगाउने किशोरीसँग स्न्याप च्याटमा कुराकानी भएको बताएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयमा दिएको बयानमा उनले यस्तो बताएका हुन् ।
उनले त्यसपछि भने कुराकानी नभएको बताएका छन् । साथै उनले होटेलमा आफू र किशोरीबीच व्यक्तिगत र पेसा कुराकानी मात्र भएको दाबी गरेका छन् । आफूहरु बीच खासै त्यस्तो केहि नभएको र आरोप बारे सोसियल मिडिया मार्फत मात्र जानकारी भएको उनको भनाई छ ।
आरोप लगाउने किशोरीले आफू १९ वर्ष पुगिसकेको बताएको र आफ्नो प्रेमीसमेत भएको बताएको हुनाले मैले साथीको नाताले निजसँग सतर्कता अपनाउनुको साथै निज उदास भएको देखी मैले गितको माध्यमबाट सहज महसुस गराउने प्रयास समेत गरेको लामिछानेले सरकारी वकिलको कार्यालयमा बयान दिएका छन्।
जिल्ला सरकारी वकिलको कार्यालयमा बयान दिनेक्रममा उनले होटलको कोठामा बस्दा आ–आफ्नो स्थानमा छुट्टाछुट्टै बसी घरायसी व्यक्तिगत तथा पेसागत कुराकानी मात्र गरी बसेको पनि बगाएका छन्।
बयानमा उनले भनेका छन्, “मिति २०७९/०५/२२ गते मैले सोसियल मिडियामार्फत एक्कासी म उपर जबर’जस्ती करणी मुद्दामा जाहेरी दरखास्त दिएको कुरा मैले थाहा पाएको हुँ । निजले आफ्नो १९ वर्ष पुगीसकेको र आफ्नो प्रेमीसमेत भएको बताएको हुनाले मैले साथीको नाताले निजसँग सतर्कता अपनाउनुको साथै निज उदास भएको देखी मैले गितको माध्यमबाट सहज महसुस गराउने प्रयास समेत गरेको थिएँ । होटलको कोठामा बस्दा आ–आफ्नो स्थानमा छुट्टाछुट्टै बसी घरायसी व्यक्तिगत तथा पेसागत कुराकानी मात्र गरी बसेका हौँ ।”