काठमाडौँ ।
चालू टी–२० विश्वकपपछि हुने न्यूजिल्याण्ड भ्रमणका लागि भारतीय टोलीको घोषणा भएको छ । यो टोलीमा पृथ्वी शाको नाम समावेश छैन । यसैबीच पृथ्वीले सामाजिक सञ्जालमा एक भावुक पोस्ट गरेका छन्।
उक्त पोस्टलाई उनका फ्यानहरुले टिममा समावेश नगरेकोले उनले गरेको हुन् भन्दै हेरिरहेका छन् । वास्तवमा, न्यूजिल्याण्ड विरुद्धको शृंखलाका लागि बीसीसीआईले टी-२० र एकदिवसीय दुवै टोलीको घोषणा गरेको छ।
जसमा हार्दिक पाण्डेयलाई टी–२० क्रिकेटको कप्तान बनाइएको छ भने शिखर धवनलाई एकदिवसीयमा कप्तान बनाइएको छ । यी दुवै टोलीमा पृथ्वी शाको नाम समावेश छैन । योसँगै बंगलादेशविरुद्धको टी–२० सिरिजका लागि पनि पृथ्वीको नाम समावेश गरिएको छैन ।
यसैबीच पृथ्वीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा स्टोरी सेयर गरेका छन् । यो स्टोरी हेरेर उनका फ्यानहरुले पृथ्वीलाई टिममा समावेश नगरेकोमा दुःख लागेको र त्यही कारणले यस्तो पोस्ट शेयर गरेको बताएका छन् ।
यस स्टोरीमा पृथ्वीले साईबाबाको तस्बिर राखेर भावुक सन्देश लेखेका छन् । पृथ्वीले लेख्छन, “आशा छ तपाईं सबै हेर्दै हुनुहुन्छ साई बाबा।”
पृथ्वी शले साई भगवानलाई धेरै मान्दछन् र इन्स्टाग्राममा आफ्नो प्रोफाइल फोटोमा उनको तस्विर पनि राखेका छन्। फ्यानहरुले पृथ्वीलाई समावेश नगर्नु निराशाजनक रहेको बताएका छन् ।
यसअघि दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा पनि पृथ्वीको नाम समावेश गरिएको थिएन । त्यसबेला पनि पृथ्वीले मौका नपाएकोमा निराशा व्यक्त गरेका थिए । पृथ्वीको यो घरेलु सिजन पनि निकै राम्रो रह्यो ।
उनले हाल खेलिरहेको सैयद मुश्ताक अली ट्रफीमा पनि तुफानी शतक बनाएका थिए । घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरे पनि चयनकर्ताले उनलाई बेवास्ता गरेर फ्यानलाई निकै अचम्ममा पारेका छन् ।
यससँगै बंगलादेश भ्रमणका लागि टेष्ट र एकदिवसीय टोलीको घोषणा गरिएको छ । रविन्द्र जडेजा बंगलादेश भ्रमणमा फर्किएका छन् । उनी न्यूजिल्याण्ड भ्रमणको टोलीमा छैनन् । हार्दिक पाण्ड्या न्यूजिल्याण्डमा टी-२० कप्तान हुनेछन्। एकदिवसीय सिरिजमा शिखर धवनलाई कप्तानी दिइएको छ ।