टियु मैदानमा अर्जुनले गरे चौका चौकाको वर्षा

काठमाडौं।

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको दोश्रो दिन भएको पहिलो खेल्न गण्डकी प्रदेशका युवा खेलाडी अर्जुन कुमालले सानदार अर्धसतक प्रहार गरेको छन्।सुदूरपश्चिम प्रदेशमाथि अर्जुनले चौकाको वर्षा गर्दै अर्धसतक प्रहार गरेको छन्।

टियु क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।आज अर्जुनले १०५ बलमा ६३ रनको योगदान दिएका थिए।यस क्रममा उनले १० चौका प्रहार गरेका छन्।सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशले आज आफ्नो पहिलो खेल खेलेका छन्।

यता काठमाडौंमा जारी प्रधानमन्त्रीकप एकदिवशीय क्रिकेटमा प्रदेश एकले नेपाल पुलिस क्लवलाई १०३ रनको झिनो लक्ष्य दिएको छ ।मुलपानी मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश एकले ३५.१ ओभरमा सबै विकेट गुमाउँदै १०२ रन मात्र बनाएको थियो ।

प्रदेश एकका लागि निरज मुखियाले सर्वाधिक २९ रन बनाए ।त्यस्तै अंकित सुवेदीले २४ र विवेक आनन्द मेहताले १७ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

प्रदेश एकका चार खेलाडीले खाता नै खोल्न सकेनन् ।प्रदेश एकलाई सस्तैमा समेट्न पुलिसका ललित राजवंशी एक्लैले पाँच विकेट लिँदा सागर ढकाल र कप्तान दिपेन्द्र सिंह ऐरीले दुई दुई विकेट लिए । एक विकेट भने राशिद खानले लिएका थिए ।

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता सुरु भएताको दोश्रो दिन भएता पनि खेलहरुको प्रत्यक्ष प्रशारण दर्शकहरुले हेर्न पाएका छैनन्।यस अघि क्यानले प्रत्यक्ष प्रशारण गर्न कान्तिपुर टेलिभिजन संग सम्झौता गरेको बताएको थियो।

तर दोश्रो दिन चल्दै गर्दा पनि खेलहरुको प्रत्यक्ष प्रशारण भने भएको छैन। क्यानको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता प्रत्यक्ष प्रशारण नहुँदा दर्शकहरु निराश बनेका छन्।नेपाल क्रिकेट संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार अब कान्तिपुरले खेलको प्रत्यक्ष प्रशारण गर्ने छैन।

निर्वाचन र चाडपर्वका कारण प्रत्यक्ष प्रशारण गर्ने जनशक्ति र क्यामरा लगायत साधनहरुको कमिको कारण प्रत्यक्ष प्रशारण गर्न नसकिएको मल्लले बताएका छन्। निर्वाचनको कारण टेलिभिजनहरुलाई प्रत्यक्ष प्रशारण गर्न कठिनाइ भएको उनले बताए।

सम्बाददाता

Leave a Reply

Next Post

होटलको कोठाको भिडियो बाहिरिए भएपछि विराट कोहली आक्रोशित

Mon Oct 31 , 2022
काठमाडौं। भारतीय क्रिकेट टिमका ब्याट्सम्यान विराट कोहलीले पर्थमा रहेको आफ्नो होटलको कोठाको भिडियो सार्वजनिक भएपछि असन्तुष्टि व्यक्त गरेका छन् । इन्स्टाग्राममा एक पोष्ट सेयर गर्दै कोहलीले खेलाडी र सेलिब्रेटीलाई मनोरञ्जनको स्रोत मात्र मान्न नहुने बताएका छन् । कोहलीले सेयर गरेको भिडियोमा कोहली कोठामा नभएको बेला पनि कोहलीको होटलको कोठामा कोही […]

You May Like

error: