अन्तत: रोहित शर्माले बताए दक्षिण अफ्रिका बिरुद्द हार्नुको प्रमुख कारण

काठमाडौँ ।

टी–२० विश्वकपमा भारतीय टोलीले पहिलो हार बेहोरेको छ । पर्थको मैदानमा अफ्रिकी टोलीले भारतलाई ५ विकेटले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको भारतले अफ्रिकालाई १ सय ३४ रनको लक्ष्य दिएको थियो ।

डेभिड मिलर र एडेन मार्करामको उत्कृष्ट अर्धशतकको मद्दतमा अफ्रिकी टोलीले १९.४ ओभरमा खेल जित्यो । यस खेलमा भारतीय टोलीले २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो ।

जवाफमा दक्षिण अफ्रिकाले २४ रनमा ३ विकेट गुमाएको थियो । तर एडेन मार्करामले उत्कृष्ट पारी खेल्दै २ बल बाँकी रहँदै टोलीलाई जित दिलाए । उनले ४१ बलमा ५२ रन बनाए । डेभिड मिलर ५६ रनमा अविजित रहे ।

भारतका लागि सूर्यकुमार यादवले उत्कृष्ट ब्याटिङ लाइन अप प्रस्तुत गरे र अन्य भारतीय ब्याट्सम्यानको फ्लप प्रदर्शनको बाबजुद टोलीलाई सम्मानजनक स्कोरमा पुर्याए।

हारपछि रोहित शर्माले ठूलो प्रतिक्रिया दिएका छन् । रोहित शर्माले भने कि हामीले पिचमा केहि हुने अपेक्षा गरेका थियौं। हामीलाई थाहा थियो कि फास्ट बलरहरूको लागि पिचबाट धेरै मद्दत मिल्छ त्यसैले लक्ष्य पछ्याउन सजिलो थिएन।

हामी रनका हिसाबले अलि पछाडि थियौं । हामीले राम्रो लड्यौं तर आज दक्षिण अफ्रिकी टोली राम्रो थियो। भारतीय कप्तानले भने कि जब तपाइँ दस ओभरमा ४०/३ को स्कोर देख्नुहुन्छ, तपाइँ खेलमा हुनुहुन्छ जस्तो लाग्छ।

मार्करम र मिलरले खेल जित्ने साझेदारी गरेका थिए। फिल्डिङमा हामी खराब थियौं। हामीले हाम्रा अवसरहरू सदुपयोग गर्न सकेनौं। हामीले पछिल्लो दुई खेलमा फिल्डिङमा निकै राम्रो थियौं।

हामीले हाम्रा अवसरहरू सदुपयोग गर्न सकेनौं र केही रनआउटहरू पनि गुमायौं। हामीले यो खेलबाट पाठ सिक्नुपर्छ । मैले अन्तिम ओभरमा स्पिनरहरू को हालत के हुन्छ देखेको छु, त्यसैले म अर्को बाटो जान चाहन्थे।

फास्ट बलरहरूले सही समयमा बल गरोस् भन्ने मेरो चाहना थियो।

सम्बाददाता

Leave a Reply

Next Post

नेपाल प्रहरीले दियो सन्दीपलाई हालसम्मको ठूलो झड्का!

Mon Oct 31 , 2022
काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सरकारी वकिलले आज (सोमबार) मुद्दा दर्ता गर्ने तयारी गरेको छ। प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको १ हप्तापछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गर्न लागेको हो। प्रहरीले अनु’सन्धान प्रतिवेदन पेस गर्दै मुलुकी फौजदारी अपराध’संहितामा १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशो’रीलाई बला’त्कार गर्नेलाई […]

You May Like

error: