काठमाडौँ ।
टी–२० विश्वकपमा भारतीय टोलीले पहिलो हार बेहोरेको छ । पर्थको मैदानमा अफ्रिकी टोलीले भारतलाई ५ विकेटले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको भारतले अफ्रिकालाई १ सय ३४ रनको लक्ष्य दिएको थियो ।
डेभिड मिलर र एडेन मार्करामको उत्कृष्ट अर्धशतकको मद्दतमा अफ्रिकी टोलीले १९.४ ओभरमा खेल जित्यो । यस खेलमा भारतीय टोलीले २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो ।
जवाफमा दक्षिण अफ्रिकाले २४ रनमा ३ विकेट गुमाएको थियो । तर एडेन मार्करामले उत्कृष्ट पारी खेल्दै २ बल बाँकी रहँदै टोलीलाई जित दिलाए । उनले ४१ बलमा ५२ रन बनाए । डेभिड मिलर ५६ रनमा अविजित रहे ।
योसँगै पाकिस्तानको समूहबाट सेमिफाइनल पुग्ने बाटो कठिन भएको छ । अब पाकिस्तान र नेदरल्याण्डले दक्षिण अफ्रिका संग खेल खेल्नुपर्नेछ । सेमिफाइनलको दौडमा रहन पाकिस्तानलाई कुनै पनि हालतमा जित्नै पर्छ ।
अर्कोतर्फ अफ्रिकाको टोलीले अन्तिम खेल जित्यो भने ७ अंक पाउनेछ । दक्षिण अफ्रिकाको अहिले ३ खेलमा ५ अंक छ । पाकिस्तानको टोली अधिकतम ६ अंक सम्म मात्रै पुग्न सक्ने छ।
यससँगै भारतले बंगलादेश र जिम्बावेसँग खेल्नुपर्नेछ । यदि उसले आफ्ना दुवै खेल जित्यो भने उसले ८ अंक पाउनेछ। यस्तो अवस्थामा भारतले कम्तिमा एक खेल हारेपछि पाकिस्तानले अन्तिम ४ को दौडमा रहिरहन प्रार्थना गर्नुपर्छ ।
जिम्बावे र बंगलादेश पनि दौडमा:
बंगलादेशको हाल ३ खेलबाट ४ अंक छ र तालिकाको तेस्रो स्थानमा छ । उसले दुवै खेल जितेर ७ अंक जोड्न सक्छ । अर्कोतर्फ जिम्बाब्वेले भारतसँगै नेदरल्याण्ड्ससँग खेल खेल्नुपर्नेछ । उनको ३ खेलमा ३ अंक छ ।
उसले ७ अंक पनि पुग्न सक्छ।जिम्बाब्वे हाल तालिकाको चौथो स्थानमा छ । पाकिस्तानले ३ खेलमा एक खेल जितेर ५ नम्बरमा छ । यद्यपि उसको नेट रन रेट बंगलादेश र जिम्बाब्वे भन्दा राम्रो छ । समूहको छैटौं टोली नेदरल्यान्ड्स तीनै खेलमा हार बेहोरेपछि सेमिफाइनलको दौडबाट बाहिरिएको छ ।