आज दक्षिण अफ्रिका बिरुद्द भिडदै भारत, यस्तो छ मौसमको अवस्था र सम्भावित-११

काठमाडौँ ।

टी–२० विश्वकपमा आइतवार तीन खेल हुँदैछन् तर तेस्रो खेल दुई ठूला टोली भारत र दक्षिण अफ्रिकाबीच हुनेछ । दुवै टोलीले अहिलेसम्म कुनै पनि खेल हारेका छैनन् । भारतीय टोलीले दुई खेलमा जित हात पारेको छ ।

भारतले यो खेल जितेर सेमिफाइनलमा पुग्ने लगभग पक्का गर्नेछ । उता, दक्षिण अफ्रिकी टोली यो खेल जितेर एक कदम अगाडि बढ्न चाहन्छ र तालिकाको शीर्ष स्थानमा पुग्ने लक्ष्यमा छ ।

बंगलादेशविरुद्धको खेलमा खेलमा रिले रुसोले शतक प्रहार गरेका थिए । डी कक र अन्य ब्याट्सम्यान पनि फर्ममा छन् । भारतबाट रोहित शर्मा, विराट कोहली र सूर्यकुमार यादव खेलिरहेका छन् । दुवै टोलीको बलिङ पनि सन्तुलित देखिएको छ । यस्तो अवस्थामा पर्थको बाउन्सी पिचमा कडा प्रतिस्पर्धा देख्न सकिन्छ ।

यो खेलमा भारतीय कप्तान रोहित शर्माले प्लेइङ इलेभेन परिवर्तन गर्न सक्नेछन् । रोहितको ओपनिङ पार्टनर केएल राहुलको ब्याट अझै चलेको छैन । उनले फ्यानहरूको अपेक्षा पूरा गर्न सकेनन्।

यस्तो अवस्थामा उनको स्थानमा दिल्लीका लागि घरेलु क्रिकेट खेल्ने ऋषभ पन्तलाई मौका दिन सकिन्छ । रविचन्द्रन आश्विनले स्पिनरको रुपमा टिममा राम्रो प्रदर्शन गरेका छन् ।

पर्थको मैदानमा भएको अन्तिम खेलमा अफ स्पिनर सिकन्दर रजाको बलियो बलिङको आधारमा जिम्बावेले पाकिस्तानलाई पराजित गरेको थियो । यस्तो अवस्थामा स्पिनरका रुपमा अश्विनको स्थान पक्का हुने विश्वास गरिएको छ । युजवेन्द्र चहलले अब आराम गर्नुपर्नेछ ।

पिच र मौसम जानकारी: पर्थको पिचमा गति र बाउन्स दुवै छन्, त्यसैले त्यहाँ फास्ट बलरहरूलाई मद्दत गर्ने सम्भावना छ। सेट भइसकेपछि ब्याट्सम्यानले रन बनाउन सक्छन् । पहिले खेल्दा दुवै टोलीले १८० रन जोड्नुपर्ने थियो । मौसम सफा रहने र वर्षाको कुनै पूर्वानुमान छैन।

सम्भावित प्लेयिंग-११
भारत: केएल राहुल, रोहित शर्मा (क), विराट कोहली, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, दिनेश कार्तिक (विकेटकीपर), अक्षर पटेल, रविचन्द्रन अश्विन, भुवनेश्वर कुमार, मोहम्मद शामी र अर्शदीप सिंह

दक्षिण अफ्रिका: टेम्बा बाभुमा (कप्तान), एडेन मार्कराम, डेभिड मिलर, रिले रुसोभ, टी स्टब्स, भान पार्नेल, क्विन्टन डी कक, केशव महाराज, एनरिक नोर्टजे, कागिसो रबाडा, तबरेज शम्सी।

नेपाली समय अनुसार यो खेल दिउँसो ४.४५ बजे सुरु हुनेछ । यसलाई स्टार स्पोर्ट्स नेटवर्कमा प्रत्यक्ष हेर्न सकिन्छ। खेल Hotstar मा पनि हेर्न सकिन्छ।

सम्बाददाता

Leave a Reply

Next Post

टी-२०अन्तर्राष्ट्रियमा ३ सबैभन्दा कम स्कोर, ३० रन भित्रै अलआउट भए सबै टिम

Sun Oct 30 , 2022
काठमाडौँ । टी-२० मा टिमको संख्या तिव्र गतिमा बढेपछि नयाँ-नया कीर्तिमान पनि धेरै देखिन्छन। यदि हामीले टी-२०अन्तर्राष्ट्रियमा सानो स्कोरको कुरा गर्ने हो भने, अहिलेसम्म २९९ पटक टोलीले १०० भन्दा कम स्कोर बनाएको छन। यसमध्ये २० पटक टोली ५० रनमै अलआउट भइसकेका छन् । यद्यपि, यदि हामीले टी-२० अन्तर्राष्ट्रियमा तीनवटा न्यून […]

You May Like

error: