दीपेन्द्रको कप्तानीमा राष्ट्रिय खेलाडीले भरिपुर्ण पुलिस क्लबको टोलि घोषणा

काठमाडौं ।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि नेपाल पुलिस क्लबले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा टोली घोषणा गरेको छ ।

दीपेन्द्रको कप्तानीमा रहेको १४ सदस्यीय पुलिसको टोलीमा अधिकांश राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरु छन् । हाल राष्ट्रिय टिममा रहेका मध्ये दीपेन्द्रसँगै आरिफ शेख, करण केसी, सागर ढकाल, पवन सर्राफ पुलिसको टिममा छन् ।

यस्तै कुशल भुर्तेल, सुनिल धमला, ललित राजवंशी, गुल्शन झा, दिलिप नाथ, रासिद खान पनि पुलिसको टिममा छन् । यसबाहेक अमित श्रेष्ठ, शंकर राना, योगेन्द्र सिंह कार्की पनि पुलिसको टिममा छन् ।

यसअघिका प्रतियोगिताहरुमा भेट्रान अलराउण्डर मन्जित श्रेष्ठले पुलिसको कप्तानी गरेका थिए । गत भदौमा भएको नवौँ राष्ट्रिय खेलकुदबाट भने मन्जितले दीपेन्द्रलाई कप्तानी हस्तानतरण गरेका थिए ।

प्रधानमन्त्री कपका लागि भने मन्जित पुलिसको प्रशिक्षण टोलीमा छन् । मनोज कटुवाल प्रशिक्षक रहेको पुलिस टिममा मन्जित सहायक प्रशिक्षक छन् । यसअघि मन्जितकै प्रशिक्षणमा पुलिसको महिला टिमले नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण जितेको थियो ।

समूह बी मा रहेको पुलिसले पहिलो खेल बागमती प्रदेशसँग कात्तिक १३ गते मुलपानी मैदानमा खेल्नेछ । पुलिसको टोली :

दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख (उपकप्तान), कुशल भुर्तेल, दिलिप नाथ नाथ (विकेटकिपर), अमित श्रेष्ठ, शंकर राना, सुनिल धमला, सागर ढकाल, ललित राजवंशी, योगेन्द्रसिंह कार्की, राशिद खान, पवन सरार्फ, करन केसी, गुल्शन झा ।

त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी अदिल आलम र अनिल कुमार साहलाई आफ्नो टिममा राख्दै मधेस प्रदेश क्रिकेट टिमको घोषणा गरेको छ।कार्तिक १३ गते देखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि मधेश प्रदेश क्रिकेट संघले टिमको घोषणा गरेको छ।

मधेश प्रदेशको कप्तान हरिशङ्कर साहले गर्ने भएका छन्।यस अघि नेपाल पुलिस क्लबबाट खेल्दै आएका अनिल कुमार साह आफ्नो प्रदेश बारे खेल्ने भएका छन्।मधेश प्रदेशको टिममा अनिल कुमार साह,विवेक यादव,सन्तोष कार्की,रतन रौनक,डब्लु मलिक,इमरान शेख रहेका छन्।

भने रोहन बि.के,विशाल पटेल,रुपेश सिंह,राजेश यादव,अदिल आलम,विशाल सुसिङ,प्रदीप पासवान मधेश प्रदेश टिममा मौका पाएका छन्।भने टिमको प्रशिक्षक सुनिल साहले पाएका छन्।

सम्बाददाता

Leave a Reply

Next Post

श्रीलंकामाथि न्यूजिल्याण्डको फराकिलो जित, यस्तो बन्यो नयाँ अंक तालिका

Sat Oct 29 , 2022
काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा विस्फोटक खेल जारी छ । आयोजक अष्ट्रेलियालाई हराएपछि टोलीले श्रीलंकाविरुद्ध बलियो जित हासिल गरेको छ । पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ग्लेन फिलिप्सको उत्कृष्ट शतकपछि ७ विकेटमा १६७ रन बनाएको थियो । यसपछि ट्रेन्ट बोल्ट र टिम साउथीको घातक बलिङका अगाडि श्रीलंकाको टोली १०२ रनको स्कोरमा […]

You May Like

error: