अदिल आलम सहित मधेश प्रदेशको बलियो टोली घोषणा,यी स्टार खेलाडीले पाए मौका

काठमाडौं।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी अदिल आलम र अनिल कुमार साहलाई आफ्नो टिममा राख्दै मधेस प्रदेश क्रिकेट टिमको घोषणा गरेको छ।कार्तिक १३ गते देखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि मधेश प्रदेश क्रिकेट संघले टिमको घोषणा गरेको छ।

मधेश प्रदेशको कप्तान हरिशङ्कर साहले गर्ने भएका छन्।यस अघि नेपाल पुलिस क्लबबाट खेल्दै आएका अनिल कुमार साह आफ्नो प्रदेश बारे खेल्ने भएका छन्।मधेश प्रदेशको टिममा अनिल कुमार साह,विवेक यादव,सन्तोष कार्की,रतन रौनक,डब्लु मलिक,इमरान शेख रहेका छन्।

भने रोहन बि.के,विशाल पटेल,रुपेश सिंह,राजेश यादव,अदिल आलम,विशाल सुसिङ,प्रदीप पासवान मधेश प्रदेश टिममा मौका पाएका छन्।भने टिमको प्रशिक्षक सुनिल साहले पाएका छन्।

यता नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा बागमती प्रदेश क्रिकेट टिमको घोषणा गरेको छ।कार्तिक १३ गते देखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि बागमती प्रदेश क्रिकेट संघले टिमको घोषणा गरेको छ।

घोषित टिमको कप्तानी पुनः राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले गर्नेछन्। यस्तै अर्का राष्ट्रिय क्रिकेटर पृथु बास्कोटा उपकप्तानको भूमिकामा छन्। हाल अस्ट्रेलियामा रहेका सुबास खकुरेल टिममा छैनन् जो गत वर्ष टिमको ओपनर थिए।

मल्ल र बास्कोटा बाहेक राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरिसकेका इशान पाण्डे र रामनरेश गिरिको साथै यु-१९ राष्ट्रिय क्रिकेटर रहीसकेका रित गौतम, नन्दन यादव, बिबेक राना मगर, प्रतिश जिसी, रिजन ढकाल, सुर्य तामांग र तिलक राजभण्डारी हुनुले टिम बलियो देखिएको छ।

टिमका अन्य सदस्यहरुमा विकेटकिपर दुर्गेश थापा, आशुतोष घिरैया र सोनु देवकोटा छन्। चार खेलाडीलाई वैकल्पिकको सुचीमा राखिएको छ जसमा गौरभ खड्का, गौतम केसी, अशोक पौडेल र रामाशिष महतो छन्।

प्रतियोगितामा बागमती प्रदेश समुह ‘बि’ मा रहेको छ।बागमती प्रदेश समुह ‘बि’ मा बागमती सहित ४ टिम रहेको छ।जसमा समुहमा विभागीय टोलि नेपाल पुलिस क्लब सहित लुम्बिनी प्रदेश, मधेश प्रदेश र प्रदेश नम्बर-१ छन्।प्रधानमन्त्री कपको अघिल्लो संस्करण गत वर्ष बागमती प्रदेश सेमीफाइनल पुगेको थियो जो नेपाल पुलिस क्लबसंग पराजित भएको थियो।

बागमती प्रदेशको टिम :

ज्ञानेन्द्र मल्ल ( कप्तान ) , पृथु बास्कोटा ( उपकप्तान ) , इशान पाण्डे, रामनरेश गिरि, रित गौतम, नन्दन यादव, बिबेक राना मगर, प्रतिश जिसी, रिजन ढकाल, सुर्य तामांग, तिलक राजभण्डारी, दुर्गेश थापा, आशुतोष घिरैया र सोनु देवकोटा ।

सम्बाददाता

Leave a Reply

Next Post

कप्तान रुबिनाले ह्याट्रिक लिँदा एमसीसीमाथि सानदार जित

Fri Oct 28 , 2022
काठमाडौं । क्यान-११ महिला टोलीले टी-ट्वान्टीमा एमसीसी वुमन्सलाई हराएको छ ।पोखरा किकेट रंगशालामा शुक्रबार क्यान-११ ले १९ रनको जित निकालेको हो ।क्यान-११ ले दिएको १०० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एमसीसी १९ ओभर ४ बलमा अलआउट हुँदै ७८ रनमा समेटियो । पोखरा रंगशालामा जितको लागि १ सय रनको विजयी लक्ष्य […]

You May Like

error: