अब पाकिस्तान यसरी मात्र पुग्न सक्छ सेमिफाइनलमा !

काठमाडौँ ।

आईसीसी विश्वकप टी २० क्रिकेट प्रतियोगिता रोमाञ्चक मोडमा पुगेको छ। सुपर १२ को खेल जारी रहँदा समूह बीबाट सेमिफाइनल पुग्ने टिमको चर्चा सुरु भएको छ। यो समूहमा भारत, पाकिस्तानसहित दक्षिण अफ्रिका, जिम्बाब्वे, बंगलादेश र नेदरल्याण्ड्स रहेका छन्।

भारत लगातार २ खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहँदा दक्षिण अफ्रिकाले एक खेलमा अंक बाड्दै र एक खेलमा जित निकाल्दै ३ अंकका साथ आफूलाई दोस्रो स्थानमा राखेको छ। सुपर १२ का दुई समूहबाट दुई दुई टिम सेमिफाइनलमा पुग्ने भएकाले प्रतिस्पर्धा कडा रहेको छ।

जिम्बावे पनि अहिले ३ अंकका साथ तेस्रो स्थानमा रहँदा बंगलादेश २ अंकका साथ चौथो स्थानमा छ। पाकिस्तान पाँचौं र नेदरल्याण्ड्स छैटौं स्थानमा छ। पाकिस्तान र नेदरल्याण्ड्स दुवैले आफ्ना दुवै खेल पराजय भोगेका छन्।

विहीबारको खेलमा पाकिस्तान कमजोर मानिएको जिम्बाब्वेसँग १ रनले पराजित भएपछि उसको सेमिफाइनल पुग्ने सम्भावना कठिन भएको क्रिकेट पण्डितहरुले भवष्यिवाणी गर्न थालेका छन्। हुन त अझै ३ खेल बाँकी रहेकाले यसै भन्न सकिने अवस्था नभए पनि सञ्चारमाध्यमहरुको हट विषय नै रहेको छ।

पाकिस्तानको लगातार दोस्रो हार पछि सुपर–१२ को समूह–२ को सेमिफाइनलको दौड पूर्णरुपमा खुलेको छ। भारत, दक्षिण अफ्रिका र जिम्बावेबाट कुनै पनि दुई टोली अन्तिम ४ मा प्रवेश गर्ने सम्भावना बढेको छ। तर, अझै पनि पाकिस्तानी टोली पूर्ण रुपमा दौडबाट बाहिरिएको छैन।

भारतीय टोलीले सुरुवाती दुवै खेल जितेको छ। पाकिस्तानको दुई पराजय र दक्षिण अफ्रिकाले बर्षाका कारण अंक बाँडेपछि भारतको सेमिफाइनल पुग्ने बाटो सहज देखिन्छ। यदि भारतीय टोलीले बाँकी तीन खेल जित्यो भने १० अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गर्न सफल हुने छ।

तर, भारतीय टिमले तीन मध्ये दुई खेल जित्यो भने पनि सेमिफाइनलमा उसको प्रवेश पक्का हुनेछ, किनभने यस्तो अवस्थामा भारतले दक्षिण अफ्रिका, जिम्बाब्वे र बंगलादेशमध्ये कुनै पनि दुईमा जित हासिल गर्ने छ।

भारतीय टोली अबको ३ खेलमध्ये १ खेल जितेर पनि सेमिफाइनल पुग्न सक्छ। यस्तो अवस्थामा उसले आफ्नो नेट रन रेट पाकिस्तानको भन्दा राम्रो राख्नुपर्छ। साथै दक्षिण अफ्रिका, जिम्बाब्वे र बंगलादेशका कम्तीमा दुई टोली अंक तालिकामा उनीभन्दा तल रहेको सुनिश्चित गर्नुपर्छ।

दक्षिण अफ्रिकाले दुई खेल खेलेको छ। जिम्बाब्वेसँगको उसको खेल वर्षाले रद्द भएको थियो। योसँगै बंगलादेशविरुद्ध सहजै जित निकालेको थियो। दक्षिण अफ्रिकाले भारत, पाकिस्तान र नेदरल्याण्डसँग तीन खेल खेल्न बाँकी छ। तीनवटैमा जित हासिल गरेमा अफ्रिकी टोली सेमिफाइनलमा प्रवेश गर्ने छ।

दुई खेल जितेर पनि दक्षिण अफ्रिका पाकिस्तानभन्दा माथि रहनेछ। यदि दक्षिण अफ्रिकाले तीन मध्ये दुई खेल हारेमा भने उसको सेमिफाइनल प्रवेश लगभग असम्भव हुनेछ।

जिम्बावेले पनि अहिलेसम्म दुई खेल खेलेको छ र दुवै खेलमा अंक जोडेको छ। दक्षिण अफ्रिकासँगको हार लगभग निश्चित थियो, तर वर्षाले बचायो। यसले जिम्बावेलाई १ अंक जोडेको छ। पाकिस्तानविरुद्ध जित दर्ता गरेपछि जिम्बाब्बेले थप २ अंक जोडेको छ।

अब जिम्बावेले बंगलादेश, भारत र नेदरल्याण्डसँग खेल खेल्नुपर्नेछ। तीनवटै खेल जितेमा जिम्बाब्वे सेमिफाइनलमा पुग्ने छ। दुई खेल जितेर पनि जिम्बावे अन्तिम चारमा पुग्न सक्छ।
लगातार दुई खेल हारेर पाकिस्तानको टोली कमजोर स्थितिमा पुगेको छ। तर, अझै सेमिफाइनलको दौडबाट बाहिरिएको छैन। अन्तिम चारमा पुग्न पाकिस्तानले बंगलादेश, दक्षिण अफ्रिका र नेदरल्यान्ड्सलाई जित्नुपर्नेछ।

यस बाहेक भारतले दक्षिण अफ्रिका र जिम्बाब्वे दुबैलाई हराउनु पर्छ। बंगलादेशले नेदरल्याण्डसँग जित हात पारे पनि दक्षिण अफ्रिकासँग लज्जास्पद हार बेहोरेको छ। उनको नेट रन रेट निकै खराब भएको छ। उसले सेमिफाइनलमा पुग्नका लागि बाँकी ३ खेल जित्नैपर्छ।

नेदरल्याण्ड्स सेमिफाइनलको दौडबाट लगभग बाहिर जस्तै देखिन्छ। उसले दक्षिण अफ्रिका, पाकिस्तान र जिम्बावेसँग खेल खेल्न बाँकी छ। उसले तीनवटै जित्नुपर्छ। -नेप्लेज डट कम बाट साभार

सम्बाददाता

Leave a Reply

Next Post

अदिल आलम सहित मधेश प्रदेशको बलियो टोली घोषणा,यी स्टार खेलाडीले पाए मौका

Fri Oct 28 , 2022
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी अदिल आलम र अनिल कुमार साहलाई आफ्नो टिममा राख्दै मधेस प्रदेश क्रिकेट टिमको घोषणा गरेको छ।कार्तिक १३ गते देखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि मधेश प्रदेश क्रिकेट संघले टिमको घोषणा गरेको छ। मधेश प्रदेशको कप्तान हरिशङ्कर साहले गर्ने भएका छन्।यस अघि […]

You May Like

error: