हिरासतमा रहेका नेपाली स्टार सन्दीपको चर्चा विश्वकप सम्म!

काठमाडौं।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको चर्चा हाल अष्ट्रेलियामा जारी विश्वकप सम्म चलेको छ। हाल विश्व कप खेली रहेका बलर हरुलाई पछि पार्दै २०२२ मा सबै भन्दा धेरै विकेट हात पार्ने सन्दीप लामिछानेले पहिलो स्थानमा रहेको छ।

सन्दीप लामिछाने पछि दोस्रो स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा रहेका छन् ।उनले हाल विश्व कप मा सहभागिता जनाएका छन्।उनले २०२२ मा ३६ विकेट लिएका छन्। यस्तै २०२२ मा सबै भन्दा धेरै विकेट लिने खेलाडीको सूचीको तेस्रो स्थानमा पाकिस्तानका खेल्दै रहेका छन।

२०२२ मा सबै भन्दा धेरै विकेट लिने खेलाडीको सूचीको तेस्रो स्थानमा पाकिस्तानका हरिस रहेका छन् ।उनले २०२२ मा हाल सम्म ३६ विकेट लिएका छन्।यसै बीच हरिसलाई आज सन्दीप को धेरै विकेट लिने पहिलो स्थान आफ्नो नाममा लिने मौका रहेको छ।किन भन्ने आज विश्व कपमा पाकिस्तानको खेल रहेको छ।

यस्तै २०२२ मा सबै भन्दा धेरै विकेट लिने खेलाडीको सूचीको चौथो स्थानमा भारतका खेलाडी रहेका छन्।चौथो स्थानमा भारतका भुवनेश्वर कुमार रहेका छन्।उनले हाल सम्म ३५ विकेट लिएका छन्।भुवनेश्वर कुमारले आज हुने खेलमा ३ विकेट लिए सन्दीप सँग विकेट बराबरी गर्ने छन्।

दीपेन्द्रको वरीयता घट्यो
नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको आईसीसी टी-ट्वान्टी अलराउन्डर वरीयतामा खस्किएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा दीपेन्द्रको वरीयता तीन स्थान घटेको छ ।

नयाँ वरीयतामा दीपेन्द्र १२ औं स्थानमा झरेका छन् ।यस अघि उनी ९ औं स्थान रहेका थिए ।ब्याटिङतर्फ कुशल भुर्तेल एक स्थान तल झर्दै ५३ औं स्थान रहेका छन् । दीपेन्द्रको ब्याटिङ वरीयता भने ६१ औं स्थानमा यथावत रहेको छ ।

बलिङतर्फ सन्दीप लामिछाने भने ७३ औं स्थानमा रहेका छन् ।टी-ट्वान्टी वरीयता नेपाल १६ औं स्थानमा रहेको छ । एकदिवसीयमा नेपाल १९ औं स्थानमा रहेको छ ।

सम्बाददाता

Leave a Reply

Next Post

हिरासतमा रहेका नेपाली स्टार सन्दीपको चर्चा विश्वकप सम्म!

Thu Oct 27 , 2022
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको चर्चा हाल अष्ट्रेलियामा जारी विश्वकप सम्म चलेको छ। हाल विश्व कप खेली रहेका बलर हरुलाई पछि पार्दै २०२२ मा सबै भन्दा धेरै विकेट हात पार्ने सन्दीप लामिछानेले पहिलो स्थानमा रहेको छ। सन्दीप लामिछाने पछि दोस्रो स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा रहेका छन् […]

You May Like

error: